पौडेलको अनशनप्रति काँग्रेसको समर्थन छ : नेता खाँण

पौडेलको अनशनप्रति काँग्रेसको समर्थन छ : नेता खाँण

चितवन
नेपाली काँग्रेसका मुख्य सचेतक बालकृष्ण खाँणले माडी नगरपालिका–१ का वडाध्यक्ष कृष्ण पौडेलको आमरण अनशनप्रति पार्टीको संसदीय दल र केन्द्रले समर्थन गरेको बताउनुभएको छ । भरतपुर अस्पतालमा उहाँलाई आज भेटेपछि प्रतिक्रिया दिँदै खाँणले सरकारले अविलम्ब उहाँको जीवनरक्षाका लागि पहल गरी माग सुनुवाइ गर्नुपर्ने बताउनुभयो ।

माडीका आम जनताको समस्या र पीडालाई मुखरित गर्ने र त्यसलाई राज्यले सम्बोधन गरोस् भन्ने उद्देश्यले उहाँको अनशन भएको भन्दै संसद् पूर्णरुपमा चलेपछि यस विषयमा काँग्रेसले संसद्मा विषयवस्तु उठान गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “जुन खालको कठिन अवस्था छ त्यसबाट उन्मुक्ति पाइयोस् भनेर अनशन बस्नुभएको छ । त्यसमा हाम्रो समर्थन छ ।”

पौडेल फागुन ७ गतेदेखि माडीका जनताको प्रत्यक्ष सरोकार राख्ने माग राखेर आमरण अनशनमा बस्नुभएको छ । उहाँको अवस्था गम्भीर भएपछि सोमबार बिहान भरतपुर अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार थालिएको छ । पौडेललाई भेट्न नेता खाँण यहाँ आउनुभएको हो । एक फरक प्रसङ्गमा उहाँले सेक्युरिटी प्रिन्टिङ प्रेसका विषयमा प्रधानमन्त्रीले सदनलाई जानकारी गराउनुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : मंगलबार, फाल्गुन १३ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij