JanataToday.com

Advertisment

SKIP THIS

बुटवलमा फागनु २१ देखि प्रथम प्रादेशिक घरेलु महोत्सव

बुटवलमा फागनु २१ देखि प्रथम प्रादेशिक घरेलु महोत्सव

बुटवल
आगामि फागुन २१ देखि ‘प्रथम प्रादेशिक घरेलु साना तथा औद्योगिक कृषि प्रविधि व्यापार एंव पर्यटन महोत्सव’ हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघले फागुन २१ गतेदेखि चैत २ गतेसम्म बुटवल देविनगरमा महोत्सव गर्ने भएको हो । मंगलबार महासंघले बुटवलमा पत्रकार सम्मेलन गरि महोत्सवले स्वदेशी साना घरेलु उद्योगीको प्रवद्र्धन गर्ने जनाएको छ ।
महासंघका अध्यक्ष शान्ति तिमिल्सीना शर्माले महोत्सवको तयारी शुरु भएको र सफल बनाउन बुटवलबासीलाई आग्रह गर्नुभएको छ । । बुटवल देनिवगरमा हुने महोत्सवमा नविनतम प्रविधिजन्य उत्पादन, महिला तथा स्थानीय स्तरका उत्पादनका करिव ३ सय स्टल राखिने उहाँले बताउनुभयो ।
सरकारले भ्रमण वर्ष २०२० मनाइरहेको सन्दर्भमा यस क्षेत्रका पर्यटकीय गन्तव्यलाई महोत्सवले प्रवद्र्धन गर्ने आयोजकले जनाएका छन् । राष्ट्रिय स्तरका लघु घरेलु तथा साना उद्योगहरुबाट उत्पादित बस्तु एंव सामाग्रीहरु र प्रदेश ५ को मौलीक संस्कृतिको प्रदर्शनी, कृषि उत्पादन एंव प्रविधिको प्रदर्शनी, महिला उद्यमीहरुका हस्तकला सामाग्रीहरुको प्रदर्शनी गरिने छ । पत्रकार सम्मेलनमा महासंघका जिल्ला उपाध्यक्ष धुर्ब धितालले महोत्सवले घरेलु उद्यमीलाई प्रोत्साहन गर्ने बताए । नेपाल घरेलु तथा साना उद्योग महासंघ २०४७ सालमा स्थापना भएको संस्था हो ।

प्रकाशित मिति : मंगलबार, फाल्गुन १३ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij