प्रदेश ५ को नाम लुम्बिनी–थारुवान राख्न जनमुक्ति पार्टीको माग

प्रदेश ५ को नाम लुम्बिनी–थारुवान राख्न जनमुक्ति पार्टीको माग

बटवल ।राष्ट्रिय जनमुक्ति पार्टीले प्रदेश नम्बर ५ को नाम लुम्बिनी–मगरातथारुवान राख्न माग गरेको छ । पार्टीले प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेललाई ध्यानाकर्षण पत्र बुझाउँदै प्रदेशको भौगोलिक अवस्था र बसोबासको आधारमा प्रदेशको नाम लुम्बिनी–मगरात(थारुवान राख्नुपर्ने माग गरेको हो ।सो पार्टीले प्रदेशको राजधानी लुम्बिनी परिपथभित्र राख्नु पर्ने माग गरेको छ । प्रदेशको स्थायी राजधानी र नामाकरणको सम्बन्धमा सो पार्टीले यस अघि दुई पटक मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा ज्ञापन पत्र बुझाइ सकेको छ ।
प्रदेशको भौगोलिक अवस्था र बसोबासको बाहुल्यताका आधारमा राजधानीको नामाकरण र राजधानी तोक्दा प्रदेशका आमजनताले अपनत्व ग्रहण गर्न सक्ने सुझावसहित मुख्यमन्त्रीलाई स्मरणपत्र बुझाइएको पार्टीका उपमहासचिव टोप अस्लामी मगरले बताए ।स्मरणपत्र बुझेपछि मुख्यमन्त्री पोखरेलले प्रदेशको स्थायी राजधानी र नामाकरण अब छिट्टै टुंगिने बताएका छन् ।
प्रदेशको राजधानी र नामाकरण सम्बन्धमा सुझाव दिन प्रदेश सभामा गठित बिशेष समितिले बुझाएको प्रतिवेदन प्रदेशसभामा टेबुल भएपछि त्यसबारे प्रक्रिया अगाडि बढ्ने भन्दै मुख्यमन्त्री पोखरेलले प्रदेशका सबै जनताको भावनाको प्रतिनिधित्व र अपनत्व गर्नेगरी प्रदेशको नामाकरण र स्थायी राजधानी टुंगो लगाइने आश्वासन दिए ।
मातृ भाषाको सम्बन्धमा भने भाषा आयोगको सिफारिसका आधारमा एउटा ठोस निष्कर्षमा पुग्ने मुख्यमन्त्री पोखरेलले बताए यसअघि सत्तारुढ नेकपा बाहेकका पाँच दल निकट संयुक्त मगर मञ्चले प्रदेशको नामाकरण मगरात हुनुपर्ने माग मुख्यमन्त्री पोखरेल, सभामुख पूर्णबहादुर घर्ती लगायत राजनीतिक दलहरुलाई बुझाएको थियो ।

प्रकाशित मिति : मंगलबार, फाल्गुन १३ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij