प्रदेश ५ को नामाकरण मगरात–थरुहट–अवध राख्न माग गर्दै सभामूखलाई ज्ञापन पत्र

प्रदेश ५ को नामाकरण मगरात–थरुहट–अवध राख्न माग गर्दै सभामूखलाई ज्ञापन पत्र

बुटवल ।
नेपाल आदिवासी जनजाति महासंघ प्रदेश ५ ले प्रदेश नं ५ सभाका सभामूख पूर्ण बहादुर घर्तीमगरलाई ज्ञापन पत्र बुझाएको छ । प्रदेश ५ को नामाकरण मगरात–थरुहट नामाकरणका लागि माग गर्दै ज्ञापन पत्र बुझाएको हो ।
नेपाल आदिवासी जनजाति महासंघ प्रदेश नं ५ का संयोजक दीपक गुरुङको अगुवाइमा शुक्रबार सभामूख निवासमै पुगेर ज्ञापन पत्र बुझाईएको हो । सभामूख पूर्ण बहादुर घर्तीमगरले ज्ञापन पत्र बुझ्दै आदिवासी जनजाति महासंघको मागलाई सम्बोधनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।


महासंघले स्वायत्त, संरक्षीत र विशेष क्षेत्रहरुको सुनिस्चितता, प्रदेश ५ मा सरकारी कामकाजी भाषाको रुपमा यस प्रदेशमा बाहुल्यता रहेका मगर, थारु र अवधी भाषालाई मान्यता दिनुपर्ने, प्रदेश ५ मा आदिवासी जनजाति प्रतिष्ठान् तत्काल गठन गर्नुपर्ने लगायतका मागहरु राखेर सभामूख पूर्ण बहादुर घर्तीमगरलाई ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्र बुझाउन नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् रुपन्देहीका अध्यक्ष शंकर गाहामगर, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज रुपन्देहीका अध्यक्ष सनु थापामगर, आदिवासी जनजाति युवा महासंघ नेपाल प्रदेश ५ का संयोजक मनिष फाल, नेपाल मगर विद्यार्थी संघ निवर्तमान केन्द्रिय संगठन सचिव तेजु राना लगायतको उपस्थितिमा ज्ञापन पत्र बुझाइएको हो ।

प्रकाशित मिति : शुक्रबार, फाल्गुन १६ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij