तिलोत्तममा -रूपन्देहीको तिलोत्तमा ७ भलवारीमा अवस्थित लिटिल प्याराडाईज ईगंलिश मिडियम स्कूलले आफ्ना एसईई दिने विद्यार्थीहरूको सम्मानमा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमलाइ सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि विद्यालयका अध्यक्ष डोलराज बस्यालले हडबड नगरि मेहनतका साथ अध्ययन गरि लिटिल प्याराडाईजको शीर र गरिमालाइ सधैं कायम राख्न आग्रह गरे।
कक्षा ९ का विद्यार्थी रोशन क्षेत्रीकोअध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य केएन सागर ज्ञवालीले विद्यार्थी जीवनमा अनुशासनको ठुलो महत्व रहेको भन्दै विद्यार्थी आफुले गर्ने गतिविधिले आगामी बाटो तय गरिने बताए । साथै उनले समायानुकुल आफुलाई ढाल्न सके सफलताको सिढी चढ्न गाह्रो नहुने समेत प्रष्ट पारे । कार्यक्रममा बोल्दै विद्यालयका प्रबन्ध निर्देशक माधव प्रसाद पाण्डेले मेहेनेत गरेरै सफलताको सिढी चढन सकिने भन्दै विद्यार्थीहरूलाई कम्मर कसेर परीक्षामा सहभागी भै उच्च अंक हासिल गर्न र विद्यालयको गरिमा बढाऊन विद्यार्थीहरूलाई आग्रह र शुभकामना दिए ।

कक्षा ९ का कनिष्टा पौडेल र अंकित ज्ञवालीले संयुक्त रूपमा सन्चालन गरेको कार्यक्रममा उप प्राचार्य राजेश केसीले समेत बोलेका थिए । आगामी शैक्षिक सत्रदेखि १० जोड २ समेत सन्चालन गर्ने तैयारी गरेको विद्यालयले यो बर्ष रजत जयन्ती कार्यक्रम अन्तर्गत विविध कार्यक्रम सन्चालन गरिरहेको छ ।त्यसै अवसरमा बिभिन्न सास्ृतिक कार्यक्रम समेत सम्पन्न भएको छ

प्रकाशित मिति : शुक्रबार, फाल्गुन १६ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्