रामापुर ।
नेपाल बिद्यार्थी सघ सहिद नारायण पोख्रेल रामापुर क्याम्पस ईकाइ समिति ले सैनामैना को कलौनि क्याम्पस चोक मा नेविसंघ केन्द्रीय समितिको निर्णय बमोजिम आज क्याम्पस अगाडि ९ देखि ९:३० सम्म विरोध कार्यक्रम गरेको छ।
नेपाल सरकार मन्त्री परिसदको निर्णय बमोजिम पुस्तकमा लगाएको ज्ञानमा कर १० प्रतिशत र ईन्धनमा कर बापत १० रुपैया प्रतिलिटर र स्ववियु निर्वाचनको मिति तत्तकाल घोषणा बालुवाटार र मुद्ण प्रिन्टर खरिद अनियमितताको विरोधमा कार्यक्रम गरेको हो।
कार्यक्रममा नेपाली कांग्रेस का युवा नेता अर्जुन पौडेल प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा नेता पौडेलले सरकारले निशुल्क शिक्षा प्रदान गर्नुपर्नेमा कर लगाएर विधालाई जनताको पहुच बाहिर पुराएको र ईन्धनमा कर लगाई सरकार भष्टचारमा लिप्त रहेकोले कर फिर्ता गरि सबैको पहुचमा शिक्षा पुर्याउन आह्वान गरेका छन् ।
कार्यक्रम इकाई कार्यबाहक सभापती सुस्मा पौडेल सभापतित्वमा भएको कार्यक्रमा नेपाल बिद्यार्थी सघ रुपन्देही का विद्यार्थी नेता मनोज क्षत्री ,सहिद नारायण पोख्रेल रामापुर क्याम्पस इकाई बिद्यार्थी नेता चिन्तन गौतम दिपा गौतम पुजन ज्ञवाली लगायत बिद्यार्थी नेताले बिरोध सभा मा सम्बोधन गर्दै प्रधान्मन्त्रीले कर बढाएर मन्त्रीहरुलाई भष्टचारमा लिप्त बनाएको र विद्धवानहरुलाई किताबको पहुच बाहिर पुराएर देशलाई भष्टारको जग्गुला लान खोजेकोमा विरोध गरि सरकारलाई तत्काल सुध्रन आग्रह गर्दै तत्काल स्ववियु निर्वाचनको मिति तय गर्न अनुरोध गरेछन । उक्त बिरोध सभा को कार्यक्रम सन्चालन विद्यार्थी नेत्री पुस्पा भट्टराई तथा का बा सभापति सुस्मा पौडेल को सभापतित्व मा बिरोध सभा सप्पन्न भएको छ
प्रकाशित मिति : आइतबार, फाल्गुन १८ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्