प्रधानमन्त्रीलाई भान्जीले दिने भइन् मिर्गौला

प्रधानमन्त्रीलाई भान्जीले दिने भइन् मिर्गौला

काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक जना महिलाले मिर्गौला दिने भएकी छन्।त्रिवि शिक्षण अस्पताल स्रोतका अनुसार भान्जी नाता पर्ने महिलाले मिर्गौला दिन लागेका हुन्। गोपनियताका कारण ती महिलाको परिचय भने खुलाइएको छैन।
यसअघि पहिलो पटक भारतमा मिर्गौला प्रत्यारोपण गर्दा ओलीलाई बुहारी नाता पर्ने अन्जान घिमिरेले मिर्गौला दिएकी थिइन्। ओलीलाई मिर्गौला दिँदा घिमिरे २१ वर्षकी थिइन्।
अहिले मिर्गौला दिन लागेकी भान्जीको उमेर खुलाइएको छैन।
मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली सोमबार अस्पताल भर्ना हुँदैछन्। आउने बुधबार उनको मिर्गौला प्रत्यारोपण हुने छ। यसबारे प्रधानमन्त्री ओलीले आइतबार बसेको नेकपा सचिवालय बैठकमा जानकारी गराएका थिए।
गत साता काठमाडौंमा भएको कार्यक्रममा बोल्दै ओलीले आफू पाँच दिनमात्र अस्पतालमा बस्ने बताएका थिए।
‘छिट्टै मिर्गौला प्रत्यारोपण गर्दैछु। पाँच दिन अस्पताल बस्छु। छैठौं दिनदेखि काम गर्छु,’ प्रधानमन्त्री ओलीले भनेका थिए,‘अझै १०(१५ वर्ष मलाई केही हुन्न।’
उनले मान्छेहरूले आफूलाई बिरामी छ, बिरामी छ भने पनि आफूले १७(१८ घन्टा काम गर्ने गरेको दाबी गरे।

प्रकाशित मिति : आइतबार, फाल्गुन १८ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij