अन्तर मा. वि. जिल्ला स्तरीय वक्तृत्वकला सम्पन्न

अन्तर मा. वि. जिल्ला स्तरीय वक्तृत्वकला सम्पन्न

मोतिपुर-नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति रुपन्देहीको आयोजनामा अन्तर मा. वि. जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता आज सम्पन्न भएको छ ।

वक्तृत्वकला प्रतियोगितामा कान्ति माविका दिपिका घिमिरे प्रथम,सैनामैना माविका दुर्गा खनाल द्धितिय ,गजेडि माविका बिपिन अर्याल तृतिय तथा कालिका मा.वि बुटवलका एलिसा बेलबासे र जनकल्याण माविका समिक्षा सिर्पाली तृतिय भएका छन ।

प्रथम, द्धितिय, तृतीय र सान्त्वनाले क्रमश नगद रु ४ हजार, ३ हजार २ हजार र १ हजार प्राप्त गरेका छन् ।प्रतियोगितामा सहभागी सम्पुर्ण विद्यार्थीलाइ सम्मान पत्र प्रदान गरिएको थियो ।नहरपुर माविमा सम्पन्न प्रतियोगितामा २१ बिद्यालयले भाग लिएका थिए ।

प्रतियोगिताका विजयीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै प्रमुख अतिथि तथा राष्ट्रिय शिक्षक संगठन केन्द्रिय कोषाध्यक्ष बिष्णु प्रशाद भण्डारीले साना साना कक्षा देखी नै उचित शिक्षादिक्षा पाएमा देशले उत्कृष्ट सम्पती प्राप्त गर्ने बताउनुभयो । सबैको आ–आफ्नै कला, दक्षता र क्षमता हुने भन्दै भण्डारीले बालबालिकाको विकासका निम्ती बिद्यालय र घरपरिवारले बिशेष ध्यान दिन जरुरी रहेको बताउनु भयो ।साथै उहाले राष्ट्रिय शिक्षक संगठनको इतिहासको बारेमा बताउदै ठुलो संघर्ष बाट मात्रै शिक्षकको शेवा सुविधा पा्रप्त भएको बताउनु भयो । निर्णायक मण्डलमा पुर्व शिक्षक बुद्धि सागर भट्राइ र यदुलाल पन्त रहनुभएको थियो ।

कार्यक्रम नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति रुपन्देहीको अध्यक्ष मोतीलाल सुबेदिको सभापतित्व संस्थाका सचिव विष्णुहरि ज्ञवालीको संचालनमा सम्पन्न भएको हो ।


यसैबिच
संस्थाले २०७६ शालमा रुपन्देहीमा स्थाइ भएका शिक्षकहरुलाइ सम्मान तथा बधाइ ज्ञापन गरेको छ। नव नियुक्त १ सय ३० शिक्ष्कलाइ बधाइ तथा सम्मान गरिएको हो । साथै संस्थाले आगामि चैत्र १५ सम्म जिल्ला परिषद गर्ने, शिक्षक दिवस मनाइनेृ र रक्तदान कार्यक्रम गर्ने निर्णय गरेको शिक्षक नरेन्द्र कुमार शर्माले जानकारी दिनुभयो ।

प्रकाशित मिति : आइतबार, फाल्गुन १८ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij