तिलोत्तमा नगरपालिकाले प्राविधिक कलेज सञ्चालन गर्दै

तिलोत्तमा नगरपालिकाले प्राविधिक कलेज सञ्चालन गर्दै

 

तिलोत्तमा-रुपन्देहीको तिलोत्तमा नगरपालिकाले प्राविधिक कलेज सञ्चालन गर्ने भएको छ । पहिलो चरणमा स्नातक तहमा सूचना प्रविधिसँग सम्बन्धित बिएस्सी सिएसआईटीको अध्यापन हुनेगरी नगरपालिकाले कलेज सञ्चालन गर्न थालेको हो । कलेजको सम्बन्धनका लागि नगरपालिकाले त्रिभुवन विश्वविद्यालयमा फाइल पेश गरिसकेको छ ।

सम्बन्ध पाएमा आगामी शैक्षिक सत्रबाट कक्षा सञ्चालन हुने नगर प्रमुख बासुदेव घिमिरेले बताउनुभयो । प्राविधिक शिक्षामा सबैको पहुँच पुर्याउने गरी नगरपालिका आफैंले कलेज सञ्चालन गर्न थालेको हो । समयक्रमसँगै कलेजलाई बहुमुखी कलेजको रुपमा विस्तार गरी अन्य संकायका कक्षा समेत सञ्चालन गर्ने नगरपालिकाको तयारी छ ।

नगरपालिकाले कलेज भवन वडा नं. १४ को सुपौलीमा निर्माण गर्न थालेको छ । साविक नर्मदेश्वर प्राविको जग्गामा कलेज भवन बनाउन थालिएको हो । सोमबार आयोजित एक कार्यक्रमबीच कलेज भवनको नगर प्रमुख बासुदेव घिमिरेले शिलन्यास गर्नुभयो ।

भवनको लागत ईष्टिमेट ५ करोड १७ लाख रहेकोमा कालिगण्डकी निर्माण कम्पनीले ३ करोड ७७ लाखमा ठेक्का पाएको नगरपालिकाका योजना प्रमुख प्रदिप वनले जानकारी दिनुभयो । एल आकारमा तीन तलमा निर्माण हुने भवनमा २४ कोठा रहनेगरी भवन डिजाइन गरिएको छ ।

एक वर्षमा निर्माण सम्पन्न गर्नेगरी ठेकेदार कम्पनीले निर्माण अघि बढाएको छ । साविक नर्मदेश्वर प्राविको समेत भौतिक संरचना भएकोले सम्बन्धन पाएमा आगामी शैक्षिक सत्रबाट कक्षा सञ्चालन गर्न सकिने नगरपालिकाको भनाइ छ ।

कलेज निर्माणमा नगरपालिकाको दुई करोड र प्रदेश सरकारको समपुरकबाट दुई करोडको व्यवस्था मिलाइएको छ ।

नगर प्रमुख घिमिरेले कलेजलाई नगरको गौरवको योजनाको रुपमा लिएको बताउनुभयो । तोकिएको समयमा गुणस्तरीय काम गराउन स्थानीय बासिन्दाको निगरानी समेत महत्वपूर्ण हुने बताउँदै नगर प्रमुख घिमिरेले कलेज सञ्चानले नगरकैं मुहार फेर्ने विश्वास व्यक्त गर्नुभयो ।

शिलन्यास कार्यक्रममा उपप्रमुख जगेश्वरदेवी चौधरीले तिलोत्तमाले शिक्षामा विशेष महत्व दिएको उल्लेख गर्दै कलेज सञ्चालनले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई फाइदा पुग्ने बताउनुभयो । प्राविधिक शिक्षा तुलनात्मक रुपमा महंगो हुँदा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीको त्यसमा पहुँच पुग्न नसकिरहेको अवस्थामा तिलोत्तमाले आफैंले कलेज सञ्चालन गर्न थालेको हो ।

नगर प्रवक्ता सुरेन्द्र श्रीको सञ्चालनमा भएको कार्यक्रममा नेकपा प्रदेश सदस्य अनुप बराल, वडाध्यक्ष सोहन प्रसाद चौधरीलगायतले कलेजको महत्वको बारेमा प्रकश पारेका थिए ।

प्रकाशित मिति : सोमबार, फाल्गुन १९ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij