पुस्तकमा कर लगाएपछि नेबिसंघद्धारा भैरहवामा बिरोध कार्यक्रम

पुस्तकमा कर लगाएपछि नेबिसंघद्धारा भैरहवामा बिरोध कार्यक्रम

 

भैरहवा- पुस्तक आयातमा सरकारले लगाएको करको बिरोध गर्दै नेपाल बिद्यार्थी संघले भैरहवा मा प्रदर्शन गरेको छ । नेपाल बिद्यार्थी संघको निर्णय र निर्देशन अनुसार नेपाल बिद्यार्थी संघ भैरहवा बहुमुखी क्याम्पस ले पुस्तक आयातमा सरकारले लगाएको करको बिरोधमा प्रदर्शन गरेको हो ।

भैरहवा बहुमुखी क्याम्पस ले आज क्याम्पसको मुल गेटमा बिरोध प्रदर्शन गरेको हो । विरोध प्रदर्शनमा बोल्दै नेवि सघ भैरहवा बहुमुखी क्याम्पस का इकाई उपसभापति करम खान ले सरकारले निशुल्क शिक्षा प्रदान गर्नुपर्नेमा कर लगाएर शिक्षालाई जनताको पहुच बाट झनै टाढा बनाएको आरोप लगाउनु भयो । उहाँले जनतालाई करको भार थोपरेर सरकारका मन्त्रीहरु भ्रष्टाचारमा लिप्त बनेकाले कर फिर्ता गरेर शिक्षालाई सबैको पहुँचमा पु¥याउन आग्रह गर्नुभयो ।

नेपाल बिद्यार्थी संघले मन्त्री परिसदको निर्णयले पुस्तकमा १० प्रतिशत, ईन्धनमा प्रतिलिटर १० रुपैंया लगाएको कर फिर्ता गर्न र स्वतन्त्र विद्यार्थी युनियनको तत्काल अधिवेशनको मिति तय गर्न समेत माग गरेको छ ।

पुस्तक तथा ईन्धनमा कर लगाएको तथा बालुवाटार जग्गा र मुद्रण पिन्टर खरिदमा अनियमितता गरेको भन्दै त्यसको बिरोधमा नेबिसंघले प्रदर्शन गरेको नेपाल बिद्यार्थी संघ भैरहवा बहुमुखी क्याम्पस का इकाई सचिव नवराज अर्याल ले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रतिक भण्डारी,मकुद खान,विजय यादव ,लगायत बिद्यार्थी नेताले बिरोध सभा मा सम्बोधन गर्नु भएको थियो ।

प्रकाशित मिति : सोमबार, फाल्गुन १९ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij