थारुहट,थारुवान राष्ट्रिय मोर्चाद्धारा फागुन २० र २१ गते नेपाल बन्दको घोषणा

थारुहट,थारुवान राष्ट्रिय मोर्चाद्धारा फागुन २० र २१ गते नेपाल बन्दको घोषणा

,बुटवल ।

थारुहट र थारुवान राष्ट्रिय मोर्चाले सशक्त संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।मोर्चाले एक विज्ञप्ति जारी गर्दै फागुन २० र २१ गते सशक्त आम हड्तालको घोषणा  गरेको हो । उक्त दिन कलकारखाना, उद्योगधन्दा, ब्यापार ब्यवसाय, शिक्षण संस्था लगाय सवारी तथा ढुवानीका सबै यातायात ठप्प बनाउँने मोर्चाको घोषणा छ ।

सम्बन्धित क्षेत्रलाई पत्र नै पठाए उक्त दिन बन्द गरिदिन मोर्चाले आग्रह गरिसकेको छ । यो आम हड्ताललाई शसक्त बनाउने मोर्चाले अपिल समेत गरेको छ । उनीहरुले आदीबासी थारु, थरुहट विरोधी संविधानका विभेदकारी धाराहरुको संशोधन, बजेट थारु मैत्रि हुनु पर्ने, सरकारसँग परिणामुखी बार्ता गरेर आफूहरुको माग पुरा गराउने, संघर्ष समितिका संयोजक धनिराम चौधरीसहित ११८ जनामाथि लगाईएको मुद्दा निसर्त खारेज गर्नु पर्ने लगायतका माग राख्दै आएका छन् ।

वि।सं। २०७२ साल भदौ ८ गते कैलालीको टिकापुरमा भएको घटनालाई राजनीतिक रूपमा सम्बोधन गर्नुपर्ने उनीहरुको मुख्य माग छ । मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुले विनाकारण थुनामा रहेका प्रतिनिधि सभाका सदस्य रेशमलाल चौधरीसहितका व्यक्तिलाई तत्काल थुना मुक्त गरेर संविधानको सम्मान गर्नसमेत सरकारलाई आग्रह गरेका छन् ।

थारुले उक्त घटनाको छानविनका लागि गठित समितिको र आयोगको प्रतिवेदनसहित यथार्थ अवस्था सार्वजनिक गर्न माग गरेका छन् । उनले लाल आयोग र देविराम शर्माको प्रतिवेदन तत्काल सार्वजनिक गर्नसमेत माग गरे । घटनाका दोषीलाई तत्काल कारवाशी गर्नुपर्ने उनले बताए ।

त्यो घटनाले सबैलाई पीडा दिएको र मर्माहत बनाएको भए पनि थारु जातिको अपमान हुने गरी भएका गतिविधिले थारुहरु आन्दोलनमा जानुको बिकल्प नरहेको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको भावना र थारू पहिचानमा खलबल पुर्‍याएको भन्दै शासकका विरूद्ध आन्दोलन सुरु गरेको उनले बताए ।

उनले मोर्चाले १४ बुँदे माग सरकारलाई बुझाएको र त्यो माघ मसान्तभित्रमापनि पूरा नभए फागुन २० र २१ गतेदेखि आन्दोलन सुरु गरेको उनले बताए । उनले संविधान जनजाति आदीवासी र थारुका लागि जस्ताको तस्तै स्वीकार्य नभएको भन्दै केही मुद्दा संशोधन र खारेजीको आवश्यकता रहेको बताए । वर्तमान सरकारका कारण थारु समुदायले आन्दोलनको तयारी गर्नु बाध्यता भएको भन्दै सरकारको निरङ्कुशताको अत्य हुनुपर्ने उनले बताए ।

प्रकाशित मिति : सोमबार, फाल्गुन १९ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij