काठमाण्डाै – रोजगारीका लागि बहराइन पठाइयोजान लागेका ३० जना नेपालीलाई यूएई सरकारले दुबईबाट फिर्ता पठाइदिएको छ ।
नेपालकाे बहराइनसँग सिधा उडान नभएकाले दुबई हुँदै जान लागेका उनीहरुलाई नेपाल कोरोनाको उच्च जोखिममा रहेको देश भएको आधारमा फिर्ता पठाएको परराष्ट्र मन्त्री ज्ञवालीले जानकारी दिनुभयो । उनीहरु नेपाल आइसकेको हुनसक्ने पनि उहाँले बताउनुभयो ।
यसैबीच सरकारले अत्यावश्यक काम बाहेक विदेश नजान नेपालीलाई आग्रह गरेको छ । कोभिड–१९ अर्थात् कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले अत्यावश्यक काम भएका बाहेकलाई विदेश नजान आग्रह गरिएको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
उहाँले चीन, जापान, दक्षिण कोरिया, इरान लगायत कोरोना प्रभावित देशमा ट्राभल एडभाइजरी नै जारी गरिएको र अरु देशमा जाने नागरिकलाई पनि सकेसम्म नजान आग्रह गरिएको जानकारी दिनुभयो । सरकारले देशभित्र पनि भोजभतेर तथा सभा, सम्मेलन नगर्न पनि अनुरोध गरेको छ ।
प्रकाशित मिति : सोमबार, फाल्गुन १९ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्