सरकारकोअत्यावश्यक कामबाहेक देश नछाड्न नागरिकलाई आग्रह

सरकारकोअत्यावश्यक कामबाहेक देश नछाड्न नागरिकलाई आग्रह

काठमाण्डाै – सरकारले अत्यावश्यक कामबाहेक देश नछाड्न नागरिकलाई आग्रह गरेको छ । कोभिड–१९ अर्थात् कोरोना भाइरसको सङ्क्रमणले विश्वभरि नै प्रभाव पारेकोले अत्यावश्यक कामबाहेक देश नछाड्न विश्व स्वास्थ्य सङ्गठनले आग्रह गरेको थियो ।

विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई कोरोनाको उच्च जोखिममा राखेकोले पढ्न, घुम्न, वैदेशिक रोजगारी लगायतका प्रयोजनको लागि विदेश नजान सरकारले आग्रह गरेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले  जानकारी दिनुभयो ।

सरकारले गर्ने सबै अन्तर्राष्ट्रिय सभा सम्मेलन स्थगित गर्ने र गैरसरकारी संस्था र नीजिलाई पनि सभा सम्मेलन नगर्न आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयमा भएको कार्यक्रममा मन्त्री ज्ञवालीले नागरिकको स्वास्थ्यभन्दा ठूलो विषय अरु हुन नसक्ने ठहर गर्दै सरकारले पर्यटनका गतिविधि स्थगित गरेको पनि जानकारी दिनुभयो ।

विदेशमा रहेका कुटनीतिक निकायलाई चनाखो रहन निर्देशन

सरकारले विदेशमा रहेका सबै कुटनीतिक नियोग र मिसनलाई चनाखो रहन निर्देशन दिएको छ । दूतावास, यूएन मिसन र कन्सुलर कार्यालयलाई कोरोनाको बारेमा सचेत रहन, नेपालीको बारेमा जानकारी लिन, नेपालीलाई समस्या पर्न नदिन र समस्या परेमा सम्बन्धित देशका स्वास्थ्य मन्त्रालयमा सम्पर्क गर्न निर्देशन दिएको परराष्ट्र मन्त्री ज्ञवालीले जानकारी दिनुभयो ।

‘इर्मेजेन्सी पर्दा उद्धारको लागि र समस्या पर्दा सहयोगको लागि हामीले सबैलाई आग्रह गरेका छौँ, पूर्ण तयारी अवस्थामा बस्न भनेका छौँ, राजदूत नभएका देशमा मिसन र अन्य टिम छन्, त्यसैले सकभर समस्या हुन नदिन भनेका छौँ’, ज्ञवालीले भन्नुभयो ।

त्रिभुवन विमानस्थलमा पर्यटकले ‘हेल्थ कार्ड’ देखाउनुपर्ने

सरकारले आउँदाे मार्च १० तारिखदेखि लागू हुने गरी कोरोना अति प्रभावित देशबाट आउने पर्यटकलाई ‘अन अराइभल भिसा’ नदिने निर्णय गरेको छ । आइतबारको मन्त्रिपरिषद्को निर्णयले अति प्रभावित देशबाट आउनेहरुलाई विमानस्थलमा नै दिइने अन अराइभल भिसा रोक्ने निर्णय गरेको छ ।

यस्तै १० मार्चदेखि नेपाल आउने पर्यटकले त्रिभुवन विमानस्थलमा हेल्थ कार्ड देखाउनैपर्ने भएको छ ।

‘मार्च १० तारिखदेखि नेपाल आउनेले आफूलाई कोरोना नलागेको पुष्टि हुने गरी हेल्थ कार्ड देखाउनुपर्नेछ, हेल्थ कार्ड नभएकाहरुलाई प्रवेश नदिने निर्णय भएको छ’, मन्त्री ज्ञवालीले भन्नुभयो ।

प्रकाशित मिति : सोमबार, फाल्गुन १९ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij