प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण डा.प्रेम ज्ञवाली नेतृत्वको टोलीले गर्ने

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण डा.प्रेम ज्ञवाली नेतृत्वको टोलीले गर्ने

काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला   प्रत्यारोपण डा.प्रेम ज्ञवाली नेतृत्वको टोलीले गर्ने भएको छ। त्रिवि शिक्षण अस्पतालका वरिष्ठ ट्रान्सप्लान्ट सर्जन डा.ज्ञवालीको नेतृत्वमा १५ जना भन्दा धेरै चिकित्सकको टोली तयार गरिएको हो। विश्‍वभर कोरोना भाइरसको संक्रमण फैलिरहेका बेला प्रधानमन्त्री ओलीको मिर्गौला दोस्रो पटक नेपालमै प्रत्यारोपण गर्न लागिएको हो। १३ वर्षअघि भारतको राजधानी नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा ओलीको मिर्गौलाको पहिलो पटक प्रत्यारोपण भएको थियो। ओलीको मिर्गौला प्रत्यारोपणका क्रममा खटिने टोलीमा ज्ञवालीसँगै डा। उत्तम शर्मा, डा। पवनराज चालिसे, डा। दिव्या सिंह शाह, डा। सुवास आचार्य र रमेश सिंह भण्डारी लगायत रहेका छन्। डा। आचार्य शिक्षण अस्पतालका क्रिटिकल केयर प्रमुख हुन्। यस्तै उक्त टोलीमा दुईजना एनेस्थेसियाका डाक्टर पनि रहनेछन्। यो टिममा ८ जना नर्स र अन्य स्वास्थ्यकर्मीसमेत रहने छन्। यो टिममा निजी चिकित्सक डा .दिलिप शर्मा, वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अरुण सायमी पनि रहनेछन्। त्यसैगरी वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइरलालाले प्रत्यारोपणका क्रममा सहयोग गर्ने छन्। यी चिकित्सकमध्ये वरिष्ठ मुटुरोग विशेषज्ञ सायमी, डा.दिलिप शर्मा र डा. दिव्या सिंह शाह ओलीका निजी चिकित्सक हुन्। उनीहरु तीनैजनाले ओलीको स्वास्थ्य समस्यामा पर्दा निगरानी र उपचार गर्दै आएका छन्। ओलीको मिर्गौला प्रत्यारोपणका क्रममा भारतको नयाँदिल्लीस्थित अपोलो अस्पतालबाट पनि दुई चिकित्सक आएका छन्। उनीहरुले १३ वर्षअघि ओलीको मिर्गौला प्रत्यारोपण गरेका थिए। के भन्छन् चिकित्सक प्रत्यारोपणका लागि अस्पतालका युरोलोजी विभागका युरोलोजिष्ट डा। प्रेमराज ज्ञवालीको नेतृत्वमा रहेको छ। चिकित्सकको निगरानीमा उनको बुधबार मिर्गौला प्रत्यारोपण हुनेछ। डा दिव्यासिंह शाह, दिलीप शर्मालगायतको टोली प्रत्यारोपणमा संलग्न हुनेछ । प्रत्यारोपणपूर्व उनको आज रगत, दिसापिसाबलगायत जाँच हुने डा ज्ञवालीले जानकारी दिए। ुप्रत्यारोपणका लागि प्रधानमन्त्रीलाई आजदेखि ‘प्रिप्रेशन’मा राखिनेछु, उनले भने। ओलीको मुटुको एञ्जियोग्राफी जाँच गर्दा कुनै समस्या नदेखिएको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेन्टर मुटु रोग विभाग प्रमुख प्रा डा अरुण सायमीले बताए।

प्रकाशित मिति : सोमबार, फाल्गुन १९ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij