मकवानपुर
मकवानपुर गढी गाउँपालिकाको शिखरकटेरीमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने २५ जना भन्दा बढी जन्ती घाइते भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरको सञ्चार शाखा अनुसार मृतक र घाइतेको नाम थरबारे अझै जानकारी प्राप्त भएको छैन। घाइतेलाई हेटौंडास्थित विभिन्न अस्पतालमा ल्याउने क्रम रहेको प्रहरीले जनाएको छ। स्थानीय प्रकाश योञ्जनका अनुसार ना ३ ख ३५ ५६ नम्बरको बस दुर्घटना भएको हो। मकवानपुरगढीदेखि हेटौँडातर्फ आउँदै गरेको वस पल्टेर भित्तामा ठोकिँदा मृत्यु भएको योञ्जनले बताए। बसमा ६०/६५ जना जन्ती सवार भएको बुझिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक शुसिल सिं राठौर सहित प्रहरी टोली घटनास्थलमा पुगिसकेकाे जनाइएकाे छ।
प्रकाशित मिति : बुधबार, फाल्गुन २१ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्