लुम्बिनी फलफुल तरकारी थोक व्यवसायी संघद्धारा मास्क,पञ्जा वितरण

लुम्बिनी फलफुल तरकारी थोक व्यवसायी संघद्धारा मास्क,पञ्जा वितरण

बुटवल- लुम्बिनी फलफुल, तरकारी थोक व्यवसायी संघ रुपन्देहीले बुटवल कृषि उपज परिषरमा रहेका व्यवसायीहरुको विचमा नोभेल कोरोना भईरसको विषयमा सचेतना प्रदान कार्यक्रम गरेको छ ।

साथै उपज केन्द्र जोडीएकोका बासीन्दाहरु, उपज केन्द्रमा व्यवसाय गर्ने व्यवसायीहरु र आगन्तुकहरुलाई निशुल्क माक्स, ग्लव्स तथा सचेतना सम्बन्धी पम्लेट वितरण गरेको छ । विहिवार कृषि उज केन्द्रमा एक कार्यक्रमको आयोजना गरी उक्त समेतना सम्बन्धी कार्यक्रम र पुर्व सावधानी स्वरुप माक्स, ग्लोव्स र पर्चा पम्लेट वितरण गरिएको हो ।
सघका अध्यक्ष बाबुराम भुषालको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमानगरपालिका वडा नम्बर ६ का अध्यक्ष जगदिश चन्द्र आचार्यलले बुटवलमा संस्थागतग रुपमा पहिलो पटक संघले सचेतानमुलक कार्यक्रम र माक्स र ग्लोव्स वितरण गरेकोमा उच्चा स्रह्हना गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रेहका वडा अध्यक्ष आचार्यले भने–‘पुर्व सावधनी अपउयानउनै कुनै पनि रोगबाट बच्नेपहिलो उपाय हो , यसको समयमा नै सबै जना सचेत हुनु आवश्यक छ । ’
कार्यक्रममा बुटवल उपमहानगरपालिका सहरी स्वाथ्य केन्द्र ४ र ६ का प्रमुख हेल्थ अशिष्टेन्ट पदम अर्यालले नोभेल कोरोना भईरस सर्ने कारण, सावधानीका उपायहरुको विषयमा प्रकाश पारेका थिए । कार्यक्रममा संघका पुर्व अध्यक्ष तथा सल्लाहकार केशव कुँवरले कृषि उपज केन्द्र भारत लगायत अन्य स्थानबाट समेत मानिसहरुको बढि आवत जावत हुने स्थान भएको कारण उच्चा सर्तकता अपनाउन आवश्यक भएको बताएका थिए ।
महासचिव मेघनाथ पौडेलको सञ्चालनमा भएको कार्यक्रममा बुटवल कृषि उपज केन्द्रका व्यवस्थापक बाली विकास अधिकृत राम बहादुर खत्री, उपज केन्द्र सञ्चालक समितिका अध्यक्ष तथा संघका सल्लाहकार घनश्याम भुषाल, सल्लाहकार कृष्ण प्रसाद पोखरेल, सुरेन्द्र कुमार कान्तु लगायतले आ आफ्नो धारणा राखेका थिए ।
अभियान अन्र्तगत कृषि उपज केन्द्र वरीपरि रहेका स्थानियहरुलाई बुटवल उपमानगरपालिकाबाट जारी गरिएको नोभेल कोरोना भाईरस सचेतना पम्लेट वितरण समेत गरिएको महासचिव मेघनाथ पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : बिहिबार, फाल्गुन २२ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij