तिलोत्तमा– रूपन्देहीको तिलोत्तमा ७ मा अवस्थित लिटिल प्याराडाईजका विद्यार्थीहरुले तिलोत्तमा १५ कोटीहवा स्थित नेपाल अविनाश अनाथ आश्रममा आश्रित बालबालिकालाई बिहीवार खाद्यान्न सामाग्री वितरण गरेका छन् ।
विद्यालयको रजत जयन्तीको अवसर पारेर कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरूले हरेक महिना आफ्नो खाजा खर्च कटाएर सो वापतको ३० रूपिँयाका दरले १० महिनाको करीब २३ हजार रूपैँयाबाट आश्रममा रहेका २० जना वालवालिकालाई खाद्यान्न सामाग्री सहयोग गरिएको कार्यक्रम संयोजक एवं विद्यालयका शिक्षक विष्णु प्रसाद पाण्डेले जानकारी दिए ।
विद्यार्थीहरूले जम्मा गरेको रकमबाट केही नगद सहित दैनिक उपभोगका अत्यावशकिय चीजबीजहरू ३ थान सिलिण्डर ग्यास, ध्यू तेल, च्युरा, दाल, चिनी, आलु, चामल, प्याज लगायत सामाग्री वितरण गरिएको कक्षा ९ का विद्यार्थी अंकित ज्ञवालीले जानकारी दिए । कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य केएन सागर ज्ञवालीले परोपकार भन्दा ठूलो कुरा यो संसारमा केही नरहेको भन्दै सबैमा सहयोगी भावना जगाउनु आजको आवश्यकता रहेकोमा जोड दिए ।
कार्यक्रममा बोल्दै अनाथ आश्रमका अध्यक्ष कृष्ण प्रसाद ज्ञवालीले गत साल नयाँ भवन निर्माणका क्रममा समेत विद्यालयले सिमेन्ट लगायतका वस्तु सहयोग गरेकोमा विद्यालयलाई धन्यबाद दिदै कलिला उमेरका बालबालिकाले मासिक रूपमा वचत गरेको खाजा रकम जोगाएर अनाथ आश्रमलाई सहयोग गरेकोमा धन्यवाद दिए ।
सोही कार्यक्रममा बोल्दै अनाथ आश्रमका सचिव तारा प्रसाद नेपालले लिटिल प्याराडाईजले हरेक बर्ष अनाथ आश्रमलाई सहयोग गरेको स्मरण गर्दै आगामी दिनमा समेत सहयोग रहिरहनेमा आफु विश्वस्त रहेको बताए । विद्यालयका प्रवन्ध निर्देशक माधव प्रसाद पाण्डेको अध्यक्षता एवं विद्यालयका अध्यक्ष डोलराज पाण्डेको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा कक्षा ९ कि छात्रा कनिष्टा पौडेलको स्वागत र शिक्षक देवेन्द्र अधिकारीको सन्चालन रहेको थियो । २०६२/६३ सालमा स्थापित आश्रममा २० जना बालबालिका आश्रित रहेका छन ।
प्रकाशित मिति : बिहिबार, फाल्गुन २२ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्