प्रधानमन्त्रीको अवस्था खतरामुक्त, एक हप्तामा डिस्चार्ज गरिने

प्रधानमन्त्रीको अवस्था खतरामुक्त, एक हप्तामा डिस्चार्ज गरिने

काठमाडौं
शिक्षण अस्पतालमा उपचारार्थ प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार भएको चिकित्सकले जनाएका छन्। बुधबार मिर्गौला प्रत्यारोण गरेका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार देखिएको उनको उपचारमा संलग्‍न चिकित्सकहरूले बताएका हुन्। अहिले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था खतारमुक्त रहेको र एकहप्तामा अस्पतालबाट डिस्चार्ज गरिने प्रधानमन्त्री ओलीको निजी चिकित्सक दिव्या सिंहले जानकारी दिइन्। ुअब पाँच दिनमा प्रधानमन्त्रीलाई डिस्चार्ज गर्न मिल्ने भए पनि उहाँ एक हप्तामा डिस्चार्ज हुनुहुनेछु उनले भनिन्, ुइन्फेक्ससन, खानपिनमा ध्यान दिनुपर्नेछ।ु प्रधानमन्त्री ओलीले बाहिरको खाना खान नमिल्ने, समयमा सुत्‍नु पर्ने र अझै एक महिना हाइडोजको औषधि चलाउनुपर्ने पनि उनले बताइन्। प्रधानमन्त्री ओलीलाई अहिले तरल र नरम आहार दिन सुरु गरिएको छ। चिकित्सकका अनुसार आजै बेलुकासम्म जाउलो खुवाउने तयारी गरिएको छ। उनलाई बिहान चिकित्सकहरूले कालो चिया पिउन दिएका थिए। प्रधानमन्त्री ओलीको बुधबार त्रिभुवन शिक्षण अस्पतालमा दोस्रोपटक मिर्गौला प्रत्यारोपणपछि गरिएको थियो। प्रधानमन्त्री ओलीलाई मिर्गौला दान गर्ने समीक्षा सङ्ग्रौलाको स्वास्थ्य स्थिति सुधारोन्मुख रहेको चिकित्सकहरूले बताएका छन्। उनलाई पनि तरल र नरम आहार दिन थालिएको छ। प्रधानमन्त्री ओलीको करिब १३ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो। प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न छोडेपछि बुधबार करिब साढे चार घण्टा लगाएर मिर्गौला पुनः प्रत्यारोपण गरिएको हो। उनको शल्यक्रियामा प्राडा। उत्तमकुमरा शर्मा, प्राडा। प्रेम ज्ञावली, डा पवनराज चालिसे, डा। सुमन चापगाई, डा। सुजित चापागाईंलगायत सहभागि थिए। भारतबाट आएका मिर्गौला प्रत्यारोपण शल्यचिकित्सक प्राडा अनन्त कुमारसहितको टोली पनि सहभागि थियो। प्राडाअनन्तको नेतृत्वमा १३ वर्षअघि भारतको एपोलो अस्पतालमा प्रधानमन्त्री ओलीको पहिलोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो।

प्रकाशित मिति : बिहिबार, फाल्गुन २२ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij