कांग्रेस नेता विष्णु पोखरेल द्धारा जन्मदीनमा सामाजीक कार्य

कांग्रेस नेता विष्णु पोखरेल द्धारा जन्मदीनमा सामाजीक कार्य

बुटवल ।नेपाली कांग्रेसका युवा नेता तथा रुपन्देही क्षेत्र नं ५ को क वाट प्रदेश सभासदस्यका उम्मेदवार विष्णु पोखरेलले आफ्नो जन्मदीन सामाजीक कार्य गरी मनाउनु भएको छ । नेता पोखरेलले बुटवलमा रहेको मानव सेवा आश्रममा आश्रममा रहेका असाहय आमावुवा दाजुभाई तथा दिदी वहीनीहरुलाई खाना खुवाएर जन्म दिन मनाउनु भएको हो । अहिले आश्रममा करीव १८० जना वेसाहारा वनेर सडकमा दुख पाएका लाई उद्धार गरी राखीएको छ । सो अवसरमा नेपाली कांग्रेस रुपन्देहीका सभापती तथा पुर्व राज्य मन्त्री अव्दुल रज्जाकले नेपाली कांग्रेसको संस्कारनै सामाजीक सेवा गर्ने हो नेपाली कांग्रेस जहीले पनी असाहय दिन दुखीको सेवामा तल्लीन रहने भएकाले नेपाली कांग्रेसका युवा नेता विष्णु पोखरेलको कार्यको प्रशंसा गर्नु भयो उहाले जन्मदीनको अवसरमा शुभकामना दिदै अझै यस्तै सामाजीक कार्यगर्ने प्ररण मिलोस भनेर शुभकामना व्यक्त गर्नु भएको थियो । जन्म दीनको अवसरमा वोल्दै नेपाली कांग्रेसका युवा नेता विष्णु पोखरेलले नेपालीको परम्परा र संस्कारलाई जर्गेन गर्ने उदेश्यले समाजीक कार्य गरी जन्मदीन मनाएको वताउदै उहाले भन्नु भयो नेपालीको संस्कार भनेको दिनदुखीलाई सहयोग गर्ने भएकाले आफुले नेपाली कांग्रेसका अग्रज नेताहरुको अनुसरण गर्दै जन्मदीनमा मानवको सेवा गर्ने उदेश्यले कार्य गरेको वताउनु भयो । सो अवसरमा विभिन्न महानुभावहरुले शुभकामना व्यक्त गर्नु भएको थियो । जन्मदीनको अवसरमा गरीएको कार्यक्रममा नेता पोखरेलकी धर्मपन्नी दिपा अर्याल पोखरेल माता ईन्दीरा पोखरेल तथा दाई गणेशचन्द्र पोखरेल भाउजु राधीका पोखरेल भाईहरु विनोद पोखरेल , उत्तम पोखरेल बुहारी मनिसा पोखरेल , नेपाली कांग्रेस रुपन्देहीका उपसभापती फडिन्द्र शर्मा सचीव रामकृष्ण खाण , क्षेत्रीय सभापती हरी लम्साल , नेपाली कांग्रेसका नेता राम वहादुर कार्की , नेपाली कांग्रेसका युवा नेता हरी न्यौपाने , नेविसंघका केन्द्रीय उपसभापती मुक्ती पौडेल ,नेपाल विद्यार्थि संघका पुर्व केन्द्रीय सदस्यहरु जमुना ढकाल ,लेखनाथ भटराई , सैनामैना नगरसभापती रामप्रसाद अधिकारी , उपसाभापती गुरु पराजुली ,क्षेत्र नं ५ क का सभापती राम वहादुर थापा , प्रेस युनीयनका पुर्व सभापती विक्रम खड्का ,ईन्जीनीयरीङ एसोसीएसन प्रदेश ५ का अध्यक्ष कुसुम ज्ञवाली , विपी विचार राष्ट्रीय समाज रुपन्देहीका सचीव कृष्ण पोखरेल लगायतको उपस्थीती रहेको थियो ।

प्रकाशित मिति : शनिबार, फाल्गुन २४ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij