तिलोत्तमा । तिलोत्तमा नगरपालीकाका प्रमुख बासुदेव घिमिरले स्वस्थ खाना सगै स्वच्छ बाताबरणका लागी नगरपालीका तयार रहेको बताउनु भएको छ । उहाले स्वस्थ खाना मात्र नभइ मानवका लागी स्वच्छ बाताबरण उत्तिकै आबस्यक रहेको भन्र्दै नगर त्यसमा सजग रहेको बताउनु भयो ।खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाको आयोजनामा तिलोत्तमा १५ कोटीहवामा आयोजित खाद्य मेला समापन कार्यक्रमको अवसरमा आयोजित कार्यक्रम लाइ सम्बोधन गदै नगर प्रमुख घिमिरेले घरेलु उत्पादन सगै साना तथा ठुला उद्योग हरुको प्रबद्धनमा नगरले सहयोग गर्न तयार रहेको दाबि गर्नु भयो ।
कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालीकाका उप प्रमुख उमा काफ्लेले उत्पादन र बजारीकरणमा महिला सक्रीय हुन थालेको भन्दै खुसी ब्यतm गर्नु भयो । कार्यक्रममा तिलोत्तमा नगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत माधव प्रशाद शर्माले तिलोत्तमा नगर पालीकामा यस्ता खालका मेला महोत्सव हुनु खुसीको कुरा भएको बताउदै यसले खाद्य गुणस्तरियतामा सुधार हुने बताउनु भयो ।
कार्यक्रममा पशुपती मा बि सन्चालक समीती सदस्य दुर्गी कु राना , राम प्र बस्याल ,सुकुन रसायली लगायतले बोल्नु भएको थियो । बिभिन्न बिधामा उत्कृट स्टलहरु लाइ सम्मान गरिएको कार्यक्रमको सन्चालन दुर्गा गुरुङ्घले गर्नु भएको थियो ।
प्रकाशित मिति : आइतबार, फाल्गुन २५ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्