बुटवल – बुटवलमा सञ्चालीत प्रथम प्रादेशिक लघु घरेलु साना तथा औद्योगिक कृषि व्यापार एवमं पर्यटक महोत्सव मेलामा जिल्ला प्रशासन कार्यालय रुपन्देहीले रोक लगाएपछि आयोजकले क्षतिपूर्तिको माग गरेको छ ।
कोरोनाको त्रासका कारणले प्रदेश सरकारले मेला महोत्सव तथा भिडभाड हुने काम नगर्न निर्देशन दिएपनि मुख्यमन्त्री संग गरेको छलफलले महोत्सव गर्न सहमति दिएपनि आफै रोक लगाएको हो ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ प्रदेश महिला उद्यमी समिति प्रदेश ५ को आयोजनामा फागुन २१ गतेबाट शुरु भएको मेला सोमबारबाट रोकेको हो ।
मेलामा गरिएको लगानीको सरकारले क्षतिपूर्ति दिनुपर्ने माग गर्दै मेला सचिवालयमा मंगलबार पत्रकार सम्मेलन गरिएको थियो ।
स्वीकृति लिएको मेला समापन गर्नको लागि समय नपाएको गुनासो गर्दै पूर्व स्वीकृतिलाई सरकारले अपमान गरेको समिति प्रदेश ५ अध्यक्ष शान्ती शर्माले बताउनु भयो ।
उनले नियमपूर्वक सहकार्य गरेको अवस्थामा पनि प्रशासन र सरकारले ठप्प पारेकोले भएको खर्च सरकारले उपलब्ध गराउनुपर्ने बताउनु भयो ।
उनले मेला सञ्चालनको लागि ८२ लाख क्षति भईसकेकोले सो को भरपाई सरकारले गर्नुपर्ने माग गर्नुभयो ।
उहाले भन्नुभयो–‘सबै संरचना बनिसकेको अवस्थामा हामीलाई धेरै लामो समयसम्म नगर्नु भन्ने मौखिक सम्झौता भएको थियो । उद्योग मन्त्री प्रमुख अतिथि राखेका थियोँ, प्रशासन , नगरपालिका र वडा कार्यालयबाट स्वीकृति पनि लिएका थियौँ । हामीले २६ गते समापन गर्छौँ भन्दापनि पाएनौँ । ’
यसअघि रकम आउने सम्झैता भएकोबाट पनि पैसा माग्न नपाएको उहाँको गुनासो छ ।
कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघ रुपन्देही अध्यक्ष कन्ह्यैयालल कसौधन, प्रदेश महासचिव पार्वती अधिकारी लगायतले बोल्नु भएको थियो
सरकारको निर्देशन लत्याउदै तिलोत्तमामा खाद्य मेला
केन्द्र र प्रदेश दुवै सरकारले ठुला सभा सम्मेलन, मेला महोत्सव नगर्न निर्देशन दिएको भनिएपनि सरकारका आफनै निकायले त्यस्तो निर्देशन लत्याएका छन । रुपन्देहीको तिलोत्तमा नगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले तिलोत्तमाको कोटीहवामा तीन दिने खाद्य मेला गरे । पशुपति माविको प्राङगणमा स्कुलनै बन्द गरेर फागुन २३ गते देखि २५ गते सम्म मेला गरीएको थियो ।
केन्द्र सरकारकै निर्देशन लत्तयाउदै प्रतिनिधि सभा सांसद छबिलाल बिश्वकर्माले मेलाको उदघाटन गर्नु भएको थियो । विश्वकर्मा नेकपा सांसद हुनुहुन्छ । नगरप्रमुख बाशुदेव घिमिरेले तिलोत्तमामा खाद्य मेला लाग्नु नगरबासीकालागि गौरबको बिषय भएको भन्दै मेला सफलता पुर्वक सम्पन्न गरेको बताउनु भएको थियो । प्रदेशका बिभिन्न मन्त्रालय तथा मातहतका कार्यालयहरुले पनि सभा सम्मेलन अन्तरक्रिया छलफलका नाममा बिभिन्न कार्यक्रमहरु गरीरहेका छन । तर आम सर्बसाधारणलाइ भने सभा सम्मेलन ठुला जमघटकालागि मनाही गरीएको छ । नगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रणले गरेको तिन दिने मेलालाइ न प्रशासनले रोक्यो न प्रदेश सरकारले । बरु सो मेला सकिएको भोली पल्ट बल्ल महिला उद्यमीको मेलालाइ रुपन्देहीका प्रमुख जिल्ला अधिकारीले रोक्न ठाडो निर्देशन दिनुभएको हो । तिलोत्तमाको खाद्य मेलाकैलागि आफुहरुको मेला पहिले नरोकीएको तर खाद्य मेला सकिएपछि बल्ल महिला उद्यमीको मेला रोक्न निर्देशन दिएको भन्दै प्रमुख जिल्ला अधिकारीले राजनीतिक खेल खेलेको आरोप महिला उद्यमीले लगाएका छन ।
प्रकाशित मिति : मंगलबार, फाल्गुन २७ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्