कास्की
थ्रीस्टारलाई पराजित गर्दै नेपाल पुलिस आहा रारा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
१८ औँ संस्करणको प्रतियोगिता अन्तर्गत पोखरा रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा पुलिसले थ्रीस्टार क्लबलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।
खेलको ८ औँ मिनेटमा पुलिसका भरत शाहले गोल गर्दै १–० को अग्रता दिलाएका थिए । पहिलो हाफ १–० गोलअन्तरमा सकिएको खेलमा दोश्रो हाफमा निरकुमार राईले २ गोल गरे ।
दोश्रो हाफको ५१ र ७२ औँ मिनेटमा राईले गोल गर्दै पुलिसलाई ३–० को जित दिलाएका हुन् । खेलको म्यान अफ दि म्याच पुलिसका निरकुमार राई भए ।
बिहीबार दोश्रो सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लब र नेपाल आर्मी क्लबबीच पोखरा रंगशालामा दिउँसो साढे दुई बजे हुनेछ ।
प्रकाशित मिति : बुधबार, फाल्गुन २८ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्