बुटवल,
द हिडन ट्रेजर मिस नेपाल २०२० का लागि बुटवलमा फागुन ३० गते अडिसन राउन्ड हुने भएको छ । आयोजकले आन पत्रकार सम्मेलन गर्दै मिस नेपालको बुटवल अडिसनको तयारी पूरा भएको जनाएको हो ।
कार्यक्रममा बोल्दै मिस नेपालकी बिगत २६ वर्षदेखी कोरियोग्राफरको भुमिकामा रहेकी रचना गुरुङ शर्मा मिस नेपाल को २६ औ संस्करणमा बुटवलबाट पनि धेरै प्रतिष्प्रर्धी फाईनलमा लैजाने चाहाना रहेको बताईन् ।
मिस नेपालको बारेमा धेरैमा भ्रम रहेको बताउदै उनले नेपाली नागरिक, राहधानी, प्लस टु उत्तिर्ण, ५।४ ईन्च उचाई र १९ देखि २६ वर्ष सम्मको युवतीहरुले सहभागिता जनाउने पाउने बताइन् ।यो पटकको मिस नेपालले २ लाख ५० हजार रुपैया सहित मिस अर्थ, मिस वल्र्ड, मिस सुपरनेशन र मिस सुपर ईन्टरनेशनलमा सिधै सहभागिता जनाउन पाउने उनले जानकारी दिईन् ।
मिस नेपालको बुटवल अडिसनको व्यवस्थापनको जिम्मा पाएका द नेक्स्ट रेभुलुसनका सञ्चालक राजिव खनालले २ दिन कलेज एक्टीवेस गरिने र बिहीबार साझ ओरीन्टेसन् गरिने जानकारी दिए ।
अडिसन बुटवलको सगुन रिसोर्टमा बिहीबार बिहान ११ बजेदखी साँझ ५ बजेसम्म हुने उनले जानकारी दिए । मिस नेपाल इन्टरनेशनल २०१९ की बिजेता मिरा कक्षपतिले युवतीहरुलाइ निर्धक्क सहभागिता जनाउन आग्रह गरिन् । यो पटक करिब ४ सय जना युवतीले देशभरबाट सहभागिता जनाउने अपेक्षा गरिएको छ ।
प्रकाशित मिति : बुधबार, फाल्गुन २८ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्