तिलोत्तमा- तिलोत्तमा नगरपालिका नेपालमै पहिलो शुन्य पोलिथिन र पुर्ण सरसफाइ युक्त स्थानिय तहका रुपमा घोषणा हुने भएको छ । विगत ८ महिनादेखि नगरपालिका र सिम नेपालको सहकार्यमा नगर क्षेत्रको १२६ वर्गकिलोमिटर भुभागवाट १२ हजार क्विन्टल फोहर जन्य पोलिथिन संकलन गरिएको हो ।
त्यसैगरि २ वर्ष देखि सरसफाईको क्षेत्रमा निरन्त्रर लागेर नगरपालिकालाई शुन्य पोलिथिन र पुर्ण सरसफाइ युक्त स्थानिय तहका रुपमा घोषणा गर्न सक्ने अवस्थामा पुराएको नगर प्रमुख वासुदेव घिमिरेले बताउनु भयो ।
नगरपालिकालाई यो अभियानमा सफल वनाउन १८९ वटा टोल संस्था, नगरका ८५ वटा सामुदायिक र संस्थागत विद्यालय, स्थानिय क्लव सामाजिक संघ संस्था जनप्रतिनिधी सिम नेपालका कर्मचारी गरि १ लाख जनाको जनसहभागिताले काम गरेको पनि नगरप्रमुख घिमिरेले बताउनु भयो ।
शुन्य पोलिथिन तिलोत्तमा नगर घोषणा सभा वारे जानकारी गराउन विहिवार आयोजित पत्रकार सम्मेललनमा नगर प्रमुख घिमिरेले शुक्रवार एक विशेष समारोहका बीच कृषि, पशुपन्छी तथा सहकारी मन्त्री घनश्याम भुसालले नगरलाई शुन्य पोलिथिन र पुर्ण सरसफाइ युक्त स्थानिय तहका रुपमा घोषणा गर्ने कार्यक्रम रहेको जानकारी गराउनु भयो ।
सभ्य नगरपालिकाको रुपमा स्थापित भएको संकेत पनि यो अयिानले दिएको छ । यो अभियानले कृषिको उत्पादनमा वृद्धि ,डेगु रोगको नियन्त्रणमा टेवा पुगेको र वातावरणीय हिसावले पनि नगरलाई सरसफाई युक्त नगर वनाउन महत्वपुर्ण टेवा पुगेको मेयर घिमिरेले बताउनु भयो । नगरवासिमा पोलिथिनको प्रयोग गर्नु हुदैन भन्नी आनीवानीमा परिवर्तन गर्न सक्नु नै राम्रो उपलब्धी भएको र यस्ता कार्यक्रमलाई मुलुक री लागु गर्ने तफ जोड दिनु पर्नेमा सिम नेपालका अभियान्ता निपेस अधिकारी ढाकाले बताउनु भयो ।
चुनौतिपुर्ण अभियानमा सफल भएको र यसलाई नियमित अनुगमन गरि व्यवहारमा सदासदाका लागि कार्यान्वय गराउन नगरपालिकालाई जिम्मेवारी थपिएको समेत उहाँले बताउनु भयो ।
जनश्रमदान र नगरपालिकाको लगानी गरि करोडौको लागतमा यो अभियान सफल बनाउन सकिएको नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रींले बताउनु भयो । नगरपालिकाले नगरमा संकलन हुने फोहर जन्य पदार्थलाई नगरभित्रै संचालित वास सहकारी मार्फत व्यवस्थापनको जिम्मेवारी प्रदान गरेको छ । यद्यपी नगरपालिकाले यसको अनुगमन भने नियमित रुपमा आफैले गर्ने पनि जनाएको छ ।
प्रकाशित मिति : बिहिबार, फाल्गुन २९ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्