भैरहवा- रुपन्देहीको सिद्धार्थनगर नगरपालिका केहि दिन देखि फोहोरले दुर्गन्धित बन्दै गएको छ । बुधबार बिहान नगरको फोहोर जम्मा गर्ने डण्डा नदि किनारमा स्थानीयले फोहोर फाल्न नदिए पछि ३ दिन देखि नगर दुर्गन्धित भएको हो । नगरपालिकाले वडा नम्बर एक र दुई सीमानामा रहेको (पक्लिहवा क्षेत्र) डन्डा नदि तिरमा फोहोर जम्मा गर्दै आएको थियो । त्यहा जम्मा हुने फोहर र त्यसबाट निष्कने दुर्गन्धले त्यसक्षेत्रमा बस्न र वरपर हिडडुल गर्नै नसक्ने अबस्था भएपछि बुधबार त्यहा फोहर खसाल्न गएका नगरपालिकाका ट्याक्टरहरुलाई स्थानियले फिर्ता पठाएका हुन् ।
स्थानियले फोहर लिएर त्यहा गएको ८ वटा बढी ट्याक्टरहरुलाई फिर्ता पठाएपछि फोहर सहितको ट्याक्टर दिनभर नगरपालिका परिसरमा राखीएको थियो ।
वर्षाै देखि नगरपालिकाले डण्डा नदी किनारमा फोहर खसाल्दै आएको थियो । अस्थाई रुपमा त्यहाँ फोहर खसाले पनि त्यस्लाई नष्ट गर्ने तर्फ नगरपालिकाले कुनै चासो देखाएको थिएन् ।
फोहोरले अस्वास्थ्य हुने भन्दै पटक पटक नगरपालिकालाई अनुरोध गरेपनि त्यसको सुनुवाई नहुदाँ बुधवार स्थानीयहरुले ट्याक्टरनै फिर्ता गरिदिएका थिए ।
सिद्धार्थनगरमा दैनिक ३० टन बढी फोहोर निस्किन्छ । ती सबै फोहोर डण्ड नदी किनारमा लगेर बिसर्जन गरिन्छ ।
‘नगरपालिकाले नगरभरीको फोहोर ल्याएर जम्मा गर्दा गन्हायर हामीलाई हिड्डुल गर्न समेत समस्या परेको छ’ स्थानीयहरुले भने, ‘स साना बालबालिकाहरु विरामी पर्नुका साथै सबैलाई स्वास्थ्य जोखिम समेत बढ्दै गएको छ ।’
धेरै पटक नगरपालिकामा गुनासो राखे पनि नगरले त्यति वास्ता नगरेकोले आफूले यस्तो कदम उठाउनु परेको स्थानीयको भनाई छ ।
नगरपालिकाले बैकल्पिक उपायका लागि ओमसतिया गाउँपालिकामा फोहोरमैला प्रसोधन केन्द्र स्थापना गर्न खोजेपनि विभिन्न विवादका कारण प्रसोधन केन्द्रस्थापना हुनबाट रोकिएको छ । तत्कालिन पटखौलीमा ८ बिगाहा जमिन खरिद भए पनि त्यहा फोहरमैला व्यवस्थापन केन्द्र निर्माण हुन नसक्दा एडिबिबाट आएको पैसा फिर्ता गएको थियो ।
नगरपालिकाले वर्षौ देखि नदीकिनारमा फोहोर जम्मा गर्दा नदीको पानी प्रदुषित हुनुका साथै जलचर प्राणीहरु समेत प्रभावित भएका छन् । नजिकै सर्बसाधारणको बासस्थान मात्र नभई त्यहा कृषी क्याम्पस, छेउमा शशस्त्र प्रहरीको कार्यालय, पक्लिहवा बिद्यालय समेत रहेको छ ।
यता सिद्धार्थनगर नगरपालिकाको प्रमुख प्रशाकिय अधिकृत तुल्सीराम मरासिनीले वडा नम्बर एक र दुईका वडाअध्यक्षहरुसँग छलफल गरी समस्या समाधान गर्ने प्रयास गरिरहेको बताए ।
स्थानियले फोहर फाल्न रोक लगाएपछि नगरका बिभिन्न भागमा फोहर उठन सकेको छैन ।
प्रकाशित मिति : शुक्रबार, फाल्गुन ३० २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्