एनआईसी एशिया बैंकद्धारा प्रदेश ५ मा ३८ लाख बीमा दावी भुक्तानी

एनआईसी एशिया बैंकद्धारा प्रदेश ५ मा ३८ लाख बीमा दावी भुक्तानी

तिलोत्तमा- एनआईसी एशिया बैंक लिमिटेडले ल्याएको बचत खाताको योजना अन्तर्गत प्रदेश ५ अन्तर्गतका शाखाहरुबाट झण्डै ३८ लाख रुपियाँ बीमा रकम दाबी भुक्तानी गरेको छ । बैंकको प्रदेश ५ अन्तर्गत रहेका विभिन्न शाखाहरुबाट ३७ लाख ९८ हजार ७ सय ५९ रुपियाँ बीमा दावी रकम भुक्तानी गरिएको हो ।
बैंकले औषधिउपचार बीमा दावी अन्तर्गत ३८ जनालाई १७ लाख दुई हजार ५ सय ४७ रुपियाँ भुक्तानी गरेको छ । त्यस्तै घातक रोग अन्तर्गत एकजनालाई १५ लाख र दुर्घटना बीमा अन्तर्गत ५ जनालाई ५ लाख ९६ हजार दुई सय १२ रुपियाँ भुक्तानी गरेको बैंकका प्रदेश प्रमुख तिलकसुन्दर कार्कीले बताए ।
बैंकले अर्घाखाँची शाखाबाट चमत्कारी बचत खाता अन्तर्गत डायमण्ड खाता खोलेका बुद्धिराम भुसाललाई १५ लाख रुपियाँ बीमा दावी भुक्तानी गरेको हो । त्यस्तै सुनवल शाखामा न्यू प्रिमियम समुन्नत बचत खाता खोलेका देउप्रसाद गुरुङलाई दुर्घटना बीमा अन्तर्गत ४ लाख ९१ हजार २ सय ५३ रुपियाँ प्रदान गरेको छ ।
त्यस्तै बुटवल शाखामा सुपर चमत्कारिक बचत खाता अन्तर्गत डायमण्ड खाता खोलेका भुमादेवी खनाललाई औषधिउपचार अन्तर्गत एक लाख ३५ हजार बीमा दावी भुक्तानी गरेको गरिएको छ । त्यस्तै मुर्गिशा शाखामा सुपर चमत्कारिक बचत खाता खोलेका मननाथ गौतमलाई औषधि उपचार अन्तर्गत एकलाख ३५ हजार र ड्राइभरटोल शाखामा सुपर चमत्कारिक तलव बचत खाता खोलेका विष्णु प्रसाद भुसाललाई औषधि उपचार अन्तर्गत १ लाख ३५ हजार रुपियाँ बीमा दावी भुक्तानी गरेको प्रदेश प्रमुख कार्कीले बताए ।
बैंकले सुपर चमत्कारिक बचत खाता अन्तर्गत डायमण्ड खाता खोल्ने १८ जना, सुपर चमत्कारित तलव बचत खाता खोल्ने १५ जना, चमत्कारिक तलव बचत खाता खोल्ने ५ जना, चमत्कारिक बचत खाता डायमण्ड खोल्ने ३ जना, सुपर चमत्कारिक नारी बचत खाता खोल्ने २ जना र न्यू प्रिमियम समुन्नत बचत खाता खोल्ने एक जनासहित ४४ जना ग्राहकलाई बीमा दावी भुक्तानी गरेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बैंकका प्रदेश ५ प्रमुृख कार्कीले बताए । त्यस अवसरमा बैंकका प्रदेश प्रमुख कार्कीले ग्राहक धनमाया थापालाई औषधिउपचार बीमा दावी अन्तर्गत १७ हजार ७ सय रुपियाँको चेक हस्तान्तरण गरेका थिए ।
भविष्यमा आउन सक्ने भवितब्य र जोखिम कम गर्न सक्ने उद्देश्यले प्रचलनमा ल्याएको सुपर चमत्कारी बचत खाता योजनाले ग्राहकको आर्थिक भार कम गर्न महत्वपूर्ण टेवा पुग्ने प्रदेश प्रमुख कार्कीले बताए । कार्यक्रममा बीमा बापतको रकम बुझदै खातावाला ग्राहक थापाले खाता खालेरै बंैकले थुप्रै सुविधा दिएकोमा खुसी व्यक्त गरिन् ।

प्रकाशित मिति : शुक्रबार, फाल्गुन ३० २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij