बुटवल- सिदार्थ राजमार्ग अन्तरगतको पाल्पा बुटवल सडकखण्ड घुम्ती कटानको काम सुरु भएको छ ।घुम्ति कटानको लागि दैनिक ८ घण्टा बन्द हुने भएको छ । चैत १ गतेदेखि १२ गतेसम्म दैनिक सडक बन्द गरेर घुम्ती कटान गर्न लागिएको डिभिजन सडक कार्यालय पाल्पाले जनाएको छ ।
तानसेन–बुटवल सडकखण्ड साघुरो तथा धेरै घुम्ती भएका कारण अत्यधिक दुघर्टना भएपछि सडक डिभिजन कार्यालयले राजमार्ग पुनःस्थापना तथा स्तरोन्नति कार्यक्रमअन्तर्गत घुम्ती काट्ने कामलाई अघि बढाएको हो । निर्माण व्यवसायीको अनुरोधमा जिल्ला प्रशासन कार्यालयमा भएको सरोकारवालाहरुको बैठकले घुम्ती बढाउने काम सहज बनाउन सडक बन्द गरेर काम गर्दा यात्रुलाई समस्या नपर्ने गरी समय तालिका तय गरिएको छ । जस अनुसार चैत्र १ गतेदेखि दैनिक बिहान ७ देखि ९ बजेसम्म, दिउँसो १२ देखि ३ बजेसम्म र राति ८ बजेदेखि ११ बजेसम्म सडक पूर्ण रुपमा बन्द गरेर घुम्ती कटान गरिने डिभिजन सडक कार्यालय पाल्पाले जनाएको छ ।
सिदार्थ राजमार्गको पाल्पा बुटवल खण्डमा घुम्ती कटान तथा भएसंगै सडक चौडा हुनुका साथै दुरीमा पनि कमी आउने छ ।
प्रकाशित मिति : शनिबार, चैत्र १ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्