काठमाडौँ । सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले डिलर, थोक तथा खुद्रा बिक्रेतालाई नुनमा कालोबजारी नगर्न अपील गर्दै सरकारसंग कारवाहीको माग गरेको छ । कर्पोरेशनका डिभिजन म्यानेजर ब्रजेशकुमार झाले कोरोना भाइरसको त्रास फैलाएर कालोबजारी गर्ने कडा कारवाहीको माग गर्नुभएको हो ।
हिजो उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टसहितको अनुगमन टोलीले कास्कीको पोखरामा नुनमा कालोबजारी भइरहेको फेला पारेको थियो । डिलर, थोक तथा खुद्रा बिक्रेतालाई कालोबजारी नगर्न आग्रह गर्दै म्यानेजर झाले कालोबजारी गर्नेलाई कारबाहीको माग गर्नुभएको छ
उहाँले नुनको मौज्दात र आपूर्तिमा समस्या नरहेको पनि जानकारी दिनुभएको छ । उहाँका अनुसार कर्पोरेसनसँग अहिले १ लाख ५८ हजार मेट्रिक टन नुनको स्टक रहेको छ । स्टक नुनले नै करिब १० महिनाको बजारको माग धान्ने र अहिले भारतबाट नियमित रुपमा नुनको आयात भइरहेको पनि उहाँले बताउनुभयो । अहिले बजारमा मासिक १६ हजार मेट्रिकटन नुन खपत हुँदै आएको छ ।
प्रकाशित मिति : शनिबार, चैत्र १ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्