गुल्मी
नेत्र विक्रम चन्द विप्लवु समूहमा आबद्ध एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा मदाने गाउँपालिका ६ पुर्कोट दहका ४६ वर्षीय वसन्त गैरे भनिने सन्ते नेपाली रहेका छन् । उनी दलित मुक्ति मोर्चाका गुल्मी जिल्ला संयोजक हुन् ।
उनलाई विशेष सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक राजकुमार रावलले पक्राउ परेका वसन्तलाई जिल्ला प्रहरी कार्यालय तम्घासमा राखिएको जानकारी दिनुभयो ।
विप्लव समूहको गतिविधि बढ्नसक्ने आशङ्कामा प्रहरीले गाउँगाउँमा गस्ती अभियान सुरु गरेको छ । पछिल्लो समय प्रहरीले विप्लव समूहका गतिविधिमाथि कडा निगरानी गर्दै आएको छ ।
प्रकाशित मिति : शनिबार, चैत्र १ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्