काठमाडौं ।
संघीय सरकारले सबै प्र्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुसँग कोरोना नियन्त्रका लागि छलफल गर्ने भएको छ ।उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले सिंहदरबारमा संघ, प्रदेश र स्थानीय सरकारबीच केहीबेरमा छलफल गर्न लागेको हो ।
छलफलमा भाग लिन सातै प्रदेशका मुख्यमन्त्री, मन्त्री, महानगर, उपमहानगर र नगरपालिकाका मेयर तथा गाउँपालिकाका अध्यक्षहरु काठमाडौं आइपुगेका छन् ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति सदस्य सचिव तोकिएका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडारीका अनुसार तीन तहका सरकारका प्रतिनिधिबीच कोरोना भाइरस संक्रमण रोकथाम गर्न कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुने छ ।
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस विश्वका अधिकांश मुलुकमा फैलिसकेको छ ।
प्रकाशित मिति : आइतबार, चैत्र २ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्