बुटवल-कोरोना भाइरसको संक्रमणको त्राससंगै सार्वजनिक यातायातमा यात्रुहरुको संख्या आधा घटेको बताइएको छ । कोरोनाको त्रासका कारण सार्वजनिक सवारीका साधनहरुका सार्वसाधरण नागरिक कम चढ्ने गरेको यातायात व्यवसायीहरुले बताएका छन् ।
पश्चिम नेपाल वस व्यवसायी प्रालिका अध्यक्ष दधि खरेलले सार्वजनिक सवारीका साधनमा यात्रुको सुरक्षाको व्यवस्थामा ध्यान दिने गरिएको भएपनि कोरोनाको त्रासले यात्रुहरुको संख्या घट्दै गएको बताउनु भयो । आइतवार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रालिले सार्वजनिक सवारी साधनको यात्रा सुरक्षित गर्ने र कोरोनाको भाइरस रोक्ने आवश्यक कदम चाल्न थालिएको बताएको छ । त्यसका लागि प्राली मातहतबाट सञ्चालन हुने बसहरुमा यात्रा गर्नु अगाडी स्वाश्थ्य जाच ज्वरोको चेक गर्ने र अन्य सुरक्षाका उपायहरु अवलम्बन गर्न सुरु गरिएको अध्यक्ष खेरलले जानकारी दिनु भयो ।
खरेलले बस व्यवसायी प्राली व्यवसायीहरुको हक,हित अधिकारको लागि मात्र नभई सामाजिक सेवामा समेत सधै सक्रिय रहेको उल्लेख गर्दै अहिले विश्वभर फैलिएको कोरोनाको संक्रमण नेपालमा फैलिन नदिन सबै क्षेत्रबाट सहकार्य र सहयोग हुनु आवश्यक रहेको दिनु भयो ।
प्रालीले आफु मातहत रहेका विभिन्न स्थानका टिकट काउण्टरहरुमा यात्रुहरुको तापक्रम मापन गरेर मात्र यात्रा गराउने भएको छ । सार्वजनिक यातायातलाई सुरक्षित बनाउंदै संक्रमित व्यक्तिको पहिचान गर्न समेत सहयोग होस् भनी तापक्रम मापन गर्ने व्यवस्था गरिएको प्रालीले जनाएको छ ।
प्रालीले आफु मातहत सेवा संचालनमा रहेका सडक खण्डहरुका टिकट बुकिङ काउण्टरहरु बेलहिया, भैरहवा, बुटवल, तौलिहवा, कृष्णनगर, परासी, महेशपुर, तानसेन, तम्घास र सन्धिखर्कमा आफ्नै लगानीमा उपकरणबाट यात्रुहरुको तापक्रम मापन गर्ने व्यवस्था गरेको जानकारी दिएको हो ।
अध्यक्ष खरेलले कोरोना प्रभाव यातायात क्षेत्रमा समेत परेपनि पहिलो काम यात्रुहरुको सुरक्षा गर्नु रहेकोेले तापक्रम लिएर मात्र टिकट काट्ने व्यवस्था गरिएको जानकारी दिनुभयो।
अध्यक्ष खरेलले सबै काउण्टरमा उपकरण ल्याईएको र आफ्नै कर्मचारी मार्फत तापक्रम मापन गरि उनिहरुको अवस्था जानकारी गराउने व्यवस्था गरिएको जानकारी दिनु भयो ।
प्रकाशित मिति : आइतबार, चैत्र २ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्