बुटवल ।
पश्चिमाञ्चल यातायात व्यवसायी समिति प्रधान कार्यालय बुटवलका चौकी ईन्चाज राम गुरुङको ५३ वर्षको उमेरमा निधन भएको छ । गुरुङको ह्दयघातका कारण भएको अकल्पनिय निधनले समिति परिवारलाई स्तब्ध बनाएको छ ।
आईतवार आफनै निवार्ष बुटवल ४ लक्ष्मीनगरमा गुरुङको निधन भएको हो ।
गुरुङको निधनमा पश्चिमाञ्चल यातायात व्यवसायी समिति प्रधान कार्यालय बुटवलले सोमवार शोक सभाको आयोजना गरि हार्दिक समवेदना प्रकट गरेको छ । समितिका वरिष्ठ उपाध्यक्ष प्रताप बहादुर कार्की ,कार्यालय प्रमुख वाबुराम अधिकारी , पश्चिमाञ्चल यातयात स्वतन्त्र कर्मचारी युनियनका अध्यक्ष शिव केसी पुर्व अध्यक्ष प्रकाश गैरे , टोपलाल घिमिरे लगायतको उपस्थितीमा शोक सभा गरिएको हो ।
चौकी ईन्चाज गुरुङको निधनले समिति परिवारमा पुगेको अपुरणिय क्षतीमा सोमवार कार्यालय बन्द गरि शोकको यस घडीमा मृतात्माको चिर शान्तिको कामनागदै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरिएको थियो ।
स्वं .गुरुङको परिवारलाई पश्चिमाञ्चल यातायात स्वतन्त्र कर्मचारी युनियनका तर्फवाट राहात रकम स्वरुप नगद १ लाख रुपैया समेत सोही अवसरमा प्रदान गरिएको छ ।
प्रकाशित मिति : सोमबार, चैत्र ३ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्