JanataToday.com

Advertisment

SKIP THIS

मन्त्री अर्यालद्वारा असिना पानीले पुर्‍याएकाे क्षतिकाे स्थलगत निरीक्षण, विचलित नहुन आग्रह

मन्त्री अर्यालद्वारा असिना पानीले पुर्‍याएकाे क्षतिकाे स्थलगत निरीक्षण, विचलित नहुन आग्रह

स्याङ्जा
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा्कुमारी अर्यालले स्याङ्जाको फेदीखोला गाउँपालिकामा असिना पानी चट्याङले पुर्‍याएको क्षतिको स्थलगत निरीक्षण गर्नुभएको छ ।
मन्त्री अर्याल सोमबार फेदीखोला गाउँपालिका ४ को आरुखर्क र वडा नम्बर २ को कुडुले भन्ने ठाउँ पुगेर शनिबार राति आएको हावाहुरी चट्याङसहितको असिना पानीले गाउँपालिका क्षेत्रमा पुर्‍याएको क्षतिको निरीक्षण गर्नुभएको हो ।
उहाँले प्राकृतिक विपत्तिबाट ठूलो क्षति भएको र क्षतिबाट निराश नभएर फेरि पनि ऊर्जाका साथ कृषि क्षेत्रमा अगाडि बढ्न आग्रह गर्नुभएको छ । ुतपाईँहरु कृषि क्षेत्रमा ऊर्जाका साथ लाग्नुभयो । यो कार्यको म उच्च प्रशंसा गर्छु । अहिले प्राकृतिक विपद् आएर ठूलो क्षति पुर्‍याएको छ, मन्त्री अर्यालले भन्नुभयो, ुयस क्षतिबाट तपाईँहरु कत्ति पनि विचलित नभएर फेरि पनि ऊर्जाका साथ लाग्नुस् । राज्यले तपाईँहरुलाई सहयोग गर्छ ।ु
मन्त्री अर्यालले गाउँपालिकाको सबै क्षेत्रमा पुगेको क्षतिको मूल्याङ्कन गरेर विवरण पेस गर्न प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, कृषि कार्यालयका प्रमुख, गाउँपालिका प्रमुखलाई आग्रह गर्नुभएको छ । सबै विवरण आइसकेपछि सङ्घ, प्रदेश र पालिका मिलेर उचित क्षतिपूर्ति दिने मन्त्री अर्यालले प्रतिबद्धता दिनुभयो ।
गएको शनिबार राति साढे ११ बजेदेखि साढे २ बजेसम्म अविरल रुपमा परेको असिना पानीले वडा नम्बर १, २, ३, ४, ५, ९ मा क्षति पुर्‍याएको छ । असिना पानीका कारण १ नम्बर वडामा ६० प्रतिशत, २ नम्बर वडामा ५५ प्रतिशत, ३ नम्बर वडामा ५० प्रतिशत क्षति भएको छ । वडा नम्बर ४ मा सबैभन्दा बढी क्षति भएको छ भने ५ नम्बर वडामा कम क्षति भएको छ । १र२ वटा घरमा चट्याङ परे नि क्षति भने भएको छैन ।

प्रकाशित मिति : सोमबार, चैत्र ३ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij