बसबाट झर्ने क्रममा आफू चढेकै बसले च्यापिएर एक महिलाको मृत्यु

बसबाट झर्ने क्रममा आफू चढेकै बसले च्यापिएर एक महिलाको मृत्यु

दाङ ।
बसबाट झर्ने क्रममा आफू चढेकै बसले च्यापिएर एक महिलाको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका १४ भोजपुरबाट तुलसीपुर बजार आउँदै गरेको ना४ख ५४६३ नम्बरको यात्रुबहाक बसले च्यापेर तुलसीपुर १४ भोजपुर निवासी ५५ वर्षीय सुशीला वली घाइते भएकी थिइन्। मलवारमा भएको दुर्घटनामा घाइते उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्रडमर पालले बताए। बसमा सवार उनी आफैँ बस पूरै नरोकिँदै झर्दा उनलाई बसले च्यापेको प्रहरी निरीक्षक पालले बताए। ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। त्यसैगरी दाङमा खुकुरी प्रहारबाट एक व्यक्ति गम्भीर घाईते भएका छन्। तुलसीपुर उपमहानगरपालिका ६ रजौराका अनुप बस्नेतको समूहले आइतबार राति तुलसीपुर ५ रतननाथ टोल निवासी २३ वर्षीय हिरा डाँगीमाथि खुकुरी प्रहार गर्दा घाइते भएका हुन्। खुकुरी प्रहारबाट उनको दुबै खुट्टाको तिग्रामा गहिरो चोट रहेको प्रहरीले जनाएको छ। डाँगीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भीक उपचार पछि थप उपचारका लागि मेडिकल कलेज कोहलपुरमा रिफर गरिएको प्रहरीले जनाएको छ। सोमबार विहान १ बजेतिर टरिगाउँ एयरपोर्ट नजिक खुकुरी प्रहार गरिएको हो। खुकुरी प्रहार गर्ने समूहको खोजी गर्ने काम भईरहेको प्रहरीले बताएको छ। घाइते डाँगी सल्यानको त्रिवेणी गाउँपालिकाका अध्यक्ष मानबहादुर डाँगीका छोरा हुन्।

प्रकाशित मिति : सोमबार, चैत्र ३ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij