JanataToday.com

Advertisment

SKIP THIS

उद्योगी व्यबसायीलाई बैंकको सावाव्याज मिनाहा गर्न बुटवल उवासंघको माग

उद्योगी व्यबसायीलाई बैंकको सावाव्याज मिनाहा गर्न बुटवल उवासंघको माग

बुटवल ।
बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले विश्वव्यापी महामारीको रुपमा आएको कोरोना भाईरस (कोभिड–१९)को कारण उद्योग व्यबसायमा समेत त्यसले गम्भिर असर पु¥याउन थालेको औंल्याउँदै उद्योगी व्यबसायीले बैंकबाट लिएको सावा तथा व्याज मिनाहा गर्न सरकारसंग माग गरेको छ ।

संघको सोमबार बसेको कार्यसमितिको बैठकलले कोरोना भाईरसका कारण विश्वअर्थतन्त्रमै गम्भिर धक्का पुग्ने आकलन गर्दै नेपालमा हालसम्म कोरोना भाईरसको संक्रमण नदेखिएपनि अत्यन्तै जोखिमपूर्ण राष्ट्रको सूचिमा रहेकाले आउनसक्ने सम्भावित जोखिमसंग जुध्न संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले कार्यक्रम, रणनीति र स्वास्थ्य योजनामा सहयोग गर्नकालागि आफ्ना सबै संरचनालाई प्रभावकारी रुपमा परिचालन गर्ने समेत निर्णय गरेको छ ।

बुटवल उद्योग बाणिज्य संघले बैठकपछि सोमबार जारी गरेको प्रेस बिज्ञप्तीमा कोरोना भाईरसका कारण सबैभन्दा बढी प्रभाव पर्यटन व्यबसायमा परेकाले बाह्य देशहरुले सहुलियत प्याकेज घोषणा गरेको स्मरण गराउँदै उद्योग व्यबसायको संरक्षणकालागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारलाई उद्योगी व्यबसायीलाई राहत हुनेगरी आकर्षक प्याकेज ल्याउन समेत माग गरिएको छ ।

संघका अध्यक्ष खिमबहादुर हमालद्वारा हस्ताक्षरित बिज्ञप्तीमा प्रदेश तथा स्थानीय सरकारले लिने कर (बहाल कर, व्यबसाय कर, व्यबसाय दर्ता तथा नविकरण शुल्क)मा बिशेष सहुलियत घोषणा गरि नीजि व्यबसायिक क्षेत्रलाई राहत प्रदान गर्न पनि माग गरिएको छ ।

बिज्ञप्तीमा कोरोना भाईरसको संक्रमण फैलिन नदिन र सुरक्षित उपायहरु अपनाउनकालागि आम सर्वसाधारणलाई सचेत रहना आग्रह समेत गरिएको छ । त्यस्तै ‘बुटवल उद्योग वाणिज्य संघका सबै सदस्य संघ संस्था, उद्योग प्रतिष्ठानहरुलाई अत्यावश्यक सामग्रीहरुको पारदर्शी र निश्पक्ष रुपमा बिक्री वितरण गर्न तथा आम जनमानसमा अनावश्यक रुपमा अत्यावश्यक सामग्रीहरुको भण्डार नगर्न समेत अनुरोध गर्दछौं ।’ बिज्ञप्तीमा भनिएको छ ।

प्रकाशित मिति : सोमबार, चैत्र ३ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij