रोटर्याक्ट द्धारा स्वास्थ्य सामाग्री वितरण

रोटर्याक्ट द्धारा स्वास्थ्य सामाग्री वितरण

बुटवल।
रोटर्याक्ट सप्ताहको अवसर पारेर ,रोटर्याक्ट क्लब अफ बुटवल, रोटर्याक्ट क्लब अफ लुम्बिनी बाणिज्य क्याम्पस र रोटर्याक्ट क्लब अफ क्षितिज इन्टरनेसनल कलेजको संयुक्त आयोजनामा बुटवल ११ बुद्धनगरमा रहेको सहिद स्मृति आधारभूत बिद्यालयमा स्वास्थ्य सङ्ग सम्बन्धित प्राथमिक उपचार सामग्री , डस्टविन , हातधुने लिक्विड लगायतका सामाग्री एक कार्यक्रमको आयोजना गरि वितरण गरिएको छ।
हाल विस्वभर फैलिएको कोरोना भाइरस लगायत अन्य संक्रमण बाट बच्ने र बचाउने उद्देश्यले उक्त कार्यक्रम गरिएको कार्यक्रम संयोजक रो।भेषराज पोख्रेलले बताउनु भयो ।

रोटर्याक्ट क्लब अफ बुटवलका अध्यक्ष रो रनिल श्रेष्ठको अध्यक्षता, महिला समाजसेवी तथा बिद्यालयको शिक्षक अभिभावक संघकि सदस्य सावित्रा टन्डन ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा देवदह हस्पिटलका प्राविधिक रुवि अधिकारी, चौतारी नेपाल हेल्थ फाउन्डेसनकि नर्स इन्चार्ज टिका सारु मगरले हातधुने विधी र कोरोना सम्बन्धि सचेतना गराउनु भएको थियो।
कार्यक्रममा बोल्दै प्रमुखअतिथी सावित्रा टन्डनले रोटर्याक्ट लगायत अन्य संघ संस्था मार्फत समाजसेवामा आफुहरुलाइ समर्पित गरेका त्यस्ता युवाहरू रास्ट्रका गहना भएको जिकिर गर्नुभयो ।
बिद्यालयका प्रधानाध्यापक प्रकाश गौतमले रोटर्याक्टले उपयुक्त बिद्यालय छनौट गरि विगतका बर्षमा जस्तै यस बर्ष पनि कार्यक्रम गरेकोमा क्लबलाइ धन्यवाद दिनुभयो ,
कार्यक्रममा रोटर्याक्ट क्लब अफ लुम्बिनी बाणिज्य क्याम्पसका अध्यक्ष रो इश्वरी प्रसाद बन्जाडे, रोटर्याक्ट क्लब अफ क्षितिज इ। कलेजका अध्यक्ष रो विनोद सापकोटाले समेत बोल्नु भएको थियो भने रोटर्याक्ट क्लब अफ बुटवलका उपाध्यक्ष रो राजु पुनको स्वागत मन्तव्य र क्लब सर्भिस डाइरेक्टर रो भेषराज पोख्रेलको संचालनमा भएको थियो ।

प्रकाशित मिति : सोमबार, चैत्र ३ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij