सैनामैना
रुपन्देहीको सियारी–७ अमुवा स्थित जनता मा.वि.मा आईतबार देखि ३९० घण्टे कृर्षि तथा भेटेरिनरी तालिम सुरु भएको छ । तालिम जनता मा.वि.को आयोजना तथा सिटिईभिटिको सहयोगमा सुरु गरिएको हो ।युवाहरुलाई लक्षित गरि तालिम संचालन गरिएको हो । तालिम कृर्षि उतपादन, बालि तथा पशुपन्छीमा लाग्ने रोगको उपचार, औषधी तथा विषाधी लगाएतका विषयमा प्रदान गरिने छ ।तालिममा भेटेरिनरी पोल्टिफार्म वर्कर, जुनियार फिस्री, ग्रामिण पशु स्वास्थ्य कार्यकर्ता त्यस्तै कृर्षि तर्फ च्याउ खेतिका लागि, बेमौसमी तरकारी, फलफुल प्रसोधन २०-२० जना गरेर १२० जना युवा युवातीहरु तालिममा सहभागी रहेका छन् ।
सो अवसरमा तालिमकाको उद्घाटन गर्दै सियारी गाँउपालिकाका अध्यक्ष अयोध्या प्रसाद थारुले युवाहरुको ज्ञानसिप विना समृद्ध गाउँपालिका बन्न नसक्ने धराण राख्नु भयो ।यस खालको तालिमले रोजगारी श्रृजना गर्न तथा आय आर्जन वृद्धि गर्न सहज हुने उहाँले बताउनु भयो ।सियारी गाउँपालिका कृर्षिको भण्डार रहेकोले यस क्षेत्रमा रोजगारीका लागि कृर्षि क्षेत्रलाई आधुनिकीकरण गर्न गाउँपालिकाले सहयोग गर्ने बताउनु भयो ।विभिन्न समयमा तरकारीका विउ,
कृर्षि यान्त्र, सिंचाईका समाग्री, माछा पालन, मलखाद लगाएतमा विषेश छुट तथा अनुदान गाउँपालिकाले दिइएको कुरा उहाँले बताउनु भयो ।शैद्धान्तिक संगै ब्यवहरिक ज्ञान प्रदान गराउने उद्देश्यले प्राविधिक शिक्षालाई अगामी दिनमा पनि जोड दिईने विद्यालय व्यवास्थपन समितिका अध्यक्ष झपेनद्रराज अर्यालले बताउनु भयो ।समयको माग संगै यस खालको तालिम विद्यालयमा प्रदान गरिएको प्रद्यानअध्यपक क्रषिराम घिमिरले बताउनु भयो ।कार्यक्रममा विद्यालय व्यवास्थापन समितिका सदस्य अभिराम वि.क., कार्यक्रम संयोज सुमित भुषाल, हरिद्धार गुप्ता लगायतले प्राविधिक शिक्षाका विषयमा बोल्नु भएको थियो ।
प्रकाशित मिति : सोमबार, चैत्र ३ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्