काठमाडौ
विश्वमा महामारीको रुप लिइरहेको कोभिड १९ भनिने कोरोना भाइरसविरुद्ध लड्न विश्व बैंकले सहायता रकम वृद्धि गरेको छ। बैंक अन्तर्गतको अन्तराष्ट्रिय वित्त निगम ९आइएफसी० को निर्देशक समितिले सहायता रकमको प्याकेज बढाएको हो। अब बैंकले कोरोनाविरुद्ध लड्न १४ विलियन अमेरिकी डलर ९१६ खर्ब ६६ अर्ब रुपैयाँ० रकम परिचालन गर्नेछ। प्रभावित मुलुक र त्यहाँका कम्पनीहरुलाई आर्थिक सहायता प्रदान गर्ने हेतुले दु्रत गतिमा प्रवाह हुनेगरी नयाँ सहायता राशी घोषणा गरिएको विश्व बैंकले जनाएको छ। यो सहायता परिचानमार्फत कोरोना रोकथाम, पहिचान र नियन्त्रणका लागि आवश्यक कदम चालिनेछ। प्रभावित मुलुकहरुको सार्वजनिक स्वास्थ्य पूर्वतयारी, रोग नियन्त्रण, रोकथाम, निदान र उपचार एवं निजी क्षेत्रलाई सहयोग गरिने विश्व बैंकले जानकारी दिएको छ। यसअघि आइएफसीले ८ बिलियन अमेरिकी डलर ९९ खर्ब ५२ अर्ब रुपैयाँ० सहायता रकम घोषणा गरेको थियो। यसअघिको सहायता रकममा ६ अर्ब ९७ खर्ब १४ अर्ब रुपैयाँ० सहायता प्याकेज ल्याएको थियो। महामारी फैलँदै गएपछि बैंकअन्तर्गतको आइएफसीले सहायता रकम बृद्धि गरेको हो। आइएफसी फाइनान्सिङको पछिल्लो एकमुष्ठ रकम वित्तीय संस्थाहरुलाई व्यापार लगानी, पूँजीगत सहायता र मध्यकालिन वित्तीय पक्षपोषण खर्च गरिनेछ।
प्रकाशित मिति : बुधबार, चैत्र ५ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्