सरकारद्धारा तोकेभन्दा बढि मुल्यमा ग्यास बिक्री नगर्न आग्रह

सरकारद्धारा तोकेभन्दा बढि मुल्यमा ग्यास बिक्री नगर्न आग्रह

 

बुटवल – तोकिएको मुल्य भन्दा बढि मुल्यमा खाना पकाउने ग्यास बिक्री नगर्न ग्यास बिक्रेता संघ बुटवलले आग्रह गरेको छ । कोरोना भाइरसको जोखिम बढे पनि बजारमा ग्यासको सहज आपुर्ति भइरहेकोले आवश्यकता भन्दा बढि ग्यासको संचित नगर्न उपभोक्ता संग संघले आग्रह गरेको महासचिब यमलाल भुसालले जानकारी दिनुभयो ।

सरकारले तोकेको मुल्यभन्दा बढि मुल्यमा ग्यास बिक्री गरेको पाइए प्रचलित कानुन बमोजीम कारवाही गर्ने संघले चेताबनी दिएको छ । आवश्यक परेको ग्यास नजिकको डिलर वा अधिकृत ग्यास बिक्री केन्द्रबाट मात्रै खरिद गर्न संघले उपभोक्ता संग पनि आग्रह गरेको ग्यास बिक्रेता संघ बुटवलका उपाध्यक्ष लक्ष्मण न्यौपानेले बताउनु भयो । कोरोना भाइरसको जोखिम रहेको भन्दै आतंकित नहुन र व्यक्तीगत सरसफाई र सुरक्षामा ध्यान दिन उपभोक्ता तथा सर्बसाधारण संग आग्रह समेत गरेको अध्यक्ष सुर्य खनालले बताउनु भयो ।

प्रकाशित मिति : शनिबार, चैत्र ८ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij