काठमाडौं- कोरोना भाइरस संक्रमण भएको दाबिसहित गलत सूचना फैल्याएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
फेसबुक मार्फत नर्भिक अस्पतालमा उपचारका लागि आएका विरामीलाई कोरोना संक्रमण पोजेटिभ भएको भन्दै भ्रम फैल्याउने रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षका विवक थापामगरलाई नेपाल प्रहरीको साइबर ब्यूरोले शनिबार पक्राउ गरेको हो ।
कोरोना भाइरसको महामारी विश्वभर फैलिएको छ भने नेपालमा पनि उच्च जोखिममा छ । तर कोरोना संक्रमणको पुष्टि भएको, मृत्यु भएको भन्दै सामाजिक सञ्जालमा भ्रम फैलाउनेहरु पनि सक्रिय भएको पाइएको छ ।
यस्ता अनर्गल प्रचारबारे नेपाल प्रहरीको ध्यानाकर्षण भएको र दोषीलाई पक्राउ गरी कारबाही गरिने प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले बताउनुभयो ।
साइबर ब्युुरोका एसएसपी नविन्द अर्यालले पनि मगरमाथि विस्तृत अनुसन्धान थालिएको बताउनुभएको छ ।
प्रकाशित मिति : शनिबार, चैत्र ८ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्