दैनिक उपभोग्य बस्तुको बिक्रि बितरण प्रभावकारी बनाउन उद्योगी व्यबसायीलाई आग्रह

दैनिक उपभोग्य बस्तुको बिक्रि बितरण प्रभावकारी बनाउन उद्योगी व्यबसायीलाई आग्रह

बुटवल

नेपाल उद्योग बाणिज्य महासंघ पाँच नम्बर प्रदेश समितिले दैनिक उपभोग्य बस्तुहरु खाद्यान्न, औषधी, पेट्रोलियम पदार्थ लगायत अत्यावश्यक सामाग्रिको बिक्रि बितरणलाई प्रभावकारी बनाउन उद्योगी व्यबसायीलाई आग्रह गरेको छ । महासंघ प्रदेश समितिले आईतबार एक बिज्ञप्ती जारी गरि कोरोना भाईरस (कोभिड–१९) का कारण उत्पन्न परिस्थितीलाई सामान्य बनाउनकालागि सरकारलाई सहयोग र सहकार्य गर्ने दायित्व सबैको भएको स्मरण गराउँदै अत्यावश्यक बस्तु उपभोक्तालाई बिक्रि विरतण गरि सेवालाई प्रभावकारी बनाउन आग्रह गरेको हो ।
नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश अध्यक्ष गुणनिधी तिवारीद्वारा हस्ताक्षरित बिज्ञप्तीमा बजारमा दैनिक उपभोग्य लगायतका बस्तुहरुको मौज्दात प्रयाप्त मात्रामा रहेकाले आवश्यकता भन्दा बढी सामाग्रि खरिद नगर्न पनि उपभोक्तालाई अपिल गरिएको छ । त्यस्तै बिज्ञप्तीमा उद्योग व्यबसाय सञ्चालन गर्ने उद्योगी व्यबसायीहरुलाई घरभाडामा सहुलियत प्रदान गर्नकालागि पनि घरधनीहरुलाई आग्रह गरिएको छ ।
विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण सबैभन्दा बढी भार उद्योगी व्यबसायीलाई पर्ने औंल्याउँदै बिज्ञप्ती मार्फत बैंक तथा बित्तिय संस्थाले व्याज मिनाहा, किस्ताको लागि समय बढाउनुको साथै प्रदेश तथा स्थानीय सरकारले लिने बहाल कर, व्यबसाय कर तथा नविकरण शुल्कमा बिशेष सहुलियतको घोरणा गरि राहत प्रदान गर्न माग गरिएको छ । त्यस्तै मुल्य अभिबृद्धि कर, अन्तशुल्क, अग्रिम आयकर लगायतका कर तथा राजश्व बुझाउने समयसिमा जरिवाना नलाग्ने गरि बढाउनकालागि सरकारसंग माग गरिएको छ ।

प्रकाशित मिति : आइतबार, चैत्र ९ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij