बुटवल –कोरोना भाइरसको जोखिम न्युनीकरणका लागि बिश्वज्योती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सेवा भोलि देखि बन्द हुने भएको छ। आज( सोमबार )बसेको नियमित मासिक बैठकले चैत ११ देखि २१ गतेसम्म संस्थाको सेवा बन्द गर्ने निर्णय भएको हो ।
विश्वव्यापी बनेको कोरोना भाइरस (कोभिड— १९) को संक्रमणलाई नियन्त्रण गर्न र सरकारले जारी गरैको लकडाउन निर्देशनलाइ मध्यनजर राख्दै कार्यालय बन्द गर्न लागिएको संस्थाका अध्यक्ष जोगलाल बिश्वकर्माले जानकारी दिनुभयो ।
बैठकले विश्वभर फैलिएको कोरोना भाइसरस (कोभिड –१९ )को असर यस क्षेत्रका ब्यवसाय लगायत सम्पुर्ण क्षेत्रमा परेको र यसको जोखिम तथा त्रासका कारण आर्थिक गतिविधिमा आईरहेको सुस्तता र असहजतालाई ध्यानमा राखि शेयर सदस्यहरुको ऋण चैत्र १६ देखि मसान्त सम्म अर्थात १५ दिनको ब्याज मिनाह गर्ने निर्णय भएको संस्थाका व्यवस्थापक ओम बहादुर अर्गेजाले बताउनुभयो ।साथै अहिले सचेत नभएमा संक्रमण फैलिन सक्ने औल्याउदै सुरक्षित हुन अपिल समेत गरिएको छ।
प्रकाशित मिति : सोमबार, चैत्र १० २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्