बुटवल-मानवअधिकार तथा शान्ति समाज रुपन्देही र साझा हस्पिटल प्रालि ले संयुक्त रुपमा कोभिड – १९ को संक्रमण फैलिन नदिन, आफू पनि जोगिन र अरुलाइ पनि जोगाउन अनिवार्य रुपमा माक्स को प्रयोग होस भन्ने उद्देश्यले बुटवलको हस्पिटल क्षेत्र श्रवणपथमा माक्स प्रयोग नगरी लापरबाही ढंगले हिडडुल गरेका सर्बसाधारणलाइ एक एक गरि ३०० जनालाई निशुल्क माक्स बितरण गरेको छ।कोरोना भाइरस संक्रमण फैलिएको बेला मानवअधिकार तथा शान्ति समाजले संयुक्त रुपमा यो अभ्यास गरेका हुन सर्वसाधारणहरुमा अतिआवश्यक बाहेक बाहिर ननिस्कन समेत समाजले अपिल गरेको छ ।
यसअघि मानवअधिकार तथा शान्ति समाजले स्वयंसेवक खटाउन र आवश्यक सहयोग गर्ने प्रतिबद्धता सहित जिल्ला प्रशासन रुपन्देहीमा ज्ञापनपत्र बुझाएको थियो ।
प्रकाशित मिति : सोमबार, चैत्र १० २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्