बुटवल ।
कोरोना रोकथाम तथा उपचारको कामलाई प्रभावकारी बनाउने प्रदेश सरकारको कार्ययोजना अनुसार पूर्व तयारीको काम अघि बढेको छ । प्रदेशका मुख्यमन्त्री शकर पोखरेलले कार्ययोजनाअनुरुप भइरहेका कामको जानकारी लिई फिल्ड निरीक्षण गरी प्रभावकारी बनाउन सम्बद्ध सबैलाई निर्देशन दिएका छन् ।
प्रदेश सरकारले प्रदेशमा बनाउन चार वटा आइसोलेटेड अस्पताल बनाउन लागेको छ । त्यसका लागि पूर्वतयारीको संयोजन गर्न प्रदेश सरकारका सबै मन्त्रीहरु फिल्डमा खटिएका छन् ।
बाँकेको खजुरास्थित क्यान्सर अस्पतालको संयोजनको जिम्मेवारी लिएका भौतिक पूर्वाधारमन्त्री बैजनाथ चौधरीले मंगलबार बैठक राखेर भेरी अस्पतालका मेसु र खजुरा गाउँपालिकाका अध्यक्षको नेतृत्वमा दुई उपसमिति बनाएर जिम्मेवारी बाडफाँड गरे । त्यसपश्चात अस्पतालको निर्माणका लागि तत्काल तयारी थाल्दै कामलाई चुस्त बनाउने निर्णय गराएका छन् । खजुरामा आइसियुसहितको ४० शैया तत्काल बनाइदैंछ ।
दाङको बेलझुण्डीको आइसोलेसन अस्पतालको तयारीको कामको संयोजन गर्न बुधबार आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी त्यसतर्फ लागेका छन् भने सामाजिक विकास मन्त्री सुदर्शन बराल भैरहवा स्थित भिम अस्पतालमा बनाउन लागिएको आईसोलेसन अस्पतालको संयोजन गरेका छन् । भिम अस्पतालमा ४० शैयाको आईसोलेटेड अस्पताल बनाउने योजना प्रदेश सरकारको रहेको छ ।
बुटवलस्थित धागो कारखानाको आइसोलेसन केन्द्रको कामको संयोजन उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले उपसमितिको बैठक राखेर तत्काल गर्नुपर्ने कामको जिम्मेवारी बाँडफँड गरिसकेका छन् । लुम्बिनी प्रादेशिक अस्पतालले यो आइसोलेसन केन्द्रको जिम्मा लिदै विशेषज्ञ डाक्टरसहितको टिम खटिएको छ ।
प्रकाशित मिति : बुधबार, चैत्र १२ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्