तिलोत्तमा
तिलोत्तमा नगरपालिकाले लकडाउनबाट प्रभावित दैनिक मजदुरी एवं ज्यालादारी गरेर जिविकोपार्जन गर्ने वर्गलाई लक्षित गरी राहतको घोषणा गरेको छ । आज बिहान बसेको सचिवालय बैठकले लगडाउनबाट प्रभावित भइ दैनिक छाक टार्न समस्या भएका घर परिवारलाई राहत दिने निर्णय गरेको हो ।
राहत अन्तर्गत तिलोत्तमा नगरपालिकाले पहिलो चरणमा साँझबिहान छाक टार्न समस्यामा परेका प्रतिपरिवारलाई १० केजि चामल २ केजि दाल र १ केजि नुन उपलब्ध गराउने निर्णय तिलोत्तमाले गरेको हो ।
वास्तविक अभावमा परेका ब्यक्ती ले यो सुबिधा लिउन सक्ने साथै टोल विकास संस्थाको सिफारिसमा नगरपालिकाले राहत उपलब्ध गराउने गरि काम भैरहेको नगरपालिकाकका प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिनुभयो ।
नगरपालिकाले दैनिक ज्यालामजदुरीमा काममा लगाउने व्यक्ति, ठेकेदार, संघ संस्था, कम्पनी लगायतलाई आ(आफ्ना कामदारप्रतिको जवाफदेही भई भूमिका निर्वाह गर्न समेत ध्यानकर्षण गराईएको छ । सचिवालय बैठकले राहत वितरणलाई व्यवस्थित बनाउन उपप्रमुख जागेश्वरी चौधरीको संयोजकत्वमा समिति नै गठन गरेको छ । यसअघि हिजो नगरप्रमुखले नगरबासीलाई सम्बोधन गर्दै लकडाउनका कारण कोही भोकै बस्नु नपर्ने भन्दै त्यसको जिम्मा स्थानीय सरकारले लिने उल्लेख गर्नुभएको थियो । उहाको सो अभिव्यक्तिको सर्वत्र चर्चा समेत भएको छ ।
प्रकाशित मिति : बिहिबार, चैत्र १३ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्