देवदह।
विश्वमा फैँलदै गएको कोरोना भाइरस कोभिड–१९को नेपालमा सम्भावित सङ्क्रमणलाई मध्यनजर गर्दै देवदह नगरपालिकाले तत्काल विदेशबाट आएका व्यक्तिको विवरण सङ्कलन गर्न कार्य तीब्र बनाएको हो ।विपद व्यवस्थापनको लागि देवदह नगरपालिकाले न्युनतम एक करोडको कोष खडा गरि विपद व्यवस्थापनमा उपयोग गर्ने व्यवस्था पनि मिलाएको जानकारी दिएको छ ।
देवदह नगरपालिकाका नगरप्रमुख हिरा बहादुर खत्रीले विदेशबाट भर्खरै आएका व्यक्तिबाट कोरोना सङ्क्रमण सर्न सक्ने भन्दै स्वयम् आफू पनि अनुगमनमा खटिएको र वडा अध्यक्षहरुबाट आ–आफ्नो वडामा विदेशबाट आएका व्यक्तिको विवरण सङ्कलन कार्य तीब्र बनाएको जानकारी दिनुभयो ।
विदेशबाट आएका व्यक्तिलाई कम्तीमा १४ दिन घरमा क्वारेन्टाइनमा रहनका लागि अनुरोध गरेका छौँ र आवश्यक परेको खण्डमा कोरोना रोकथाम स्थायी कक्ष तयार गरेका छौं तेहा पनि क्वारेन्टाइनमा राख्न सकिने उहाँले भन्नुभयो। देवदह नगरपालिकाले विदेशबाट फर्केको व्यक्तिको नाम, फर्कीएको देशको नाम, स्वदेश फर्केको मिति र सम्पर्क नम्बर माग गरेको थियो ।
नगरपालिकामा कोरोना भाइरस कोभिड– १९० विरुद्ध कोरोना अस्थाई आईसोलेसन अस्पताल निर्माण भएको छ ।नगरपालिकाको विपत् व्यवस्थापन समितिको बसेको बैठकले देवदह नगरपालिका वडा नं ७ स्थित देवदह आदर्श बहुमुखी क्याम्पसमा कोरोना विशेष “अस्थायी आइसोलेसन”अस्पताल बनाउने निर्णय भएको नगरप्रमुख हिरा बहादुर खत्रीले जानकारी दिनुभयो ।
अस्पतालमा चिकित्सक सहित, हेल्थ असिटेण्ट र नर्स रहने छन् । उक्त अस्थायी अस्पताल छिटै संचालनमा आउने छ ।
यसका लागी आजै बाट डा ।सहितको टोली अस्पताल निर्माणमा जुटेका छन । उहाँले भन्नुभयो ।
कतिपय सिकिस्त विरामीलाई आवश्यक्ता अनुसार बुटवल वा काठमाण्डौं रेफर गरिने छ विरामीको लक्षण अनुसार विज्ञ चिकित्सकसँग अनलाइन परामर्स लिइने समेत उल्लेख गर्दै नगरप्रमुख खत्रीले एक एक जना विरामीलाई अलग अलग राख्ने गरी अस्पतालमा २५ शौया रहने बताउनुभयो ।
नगरपालिका भित्रका ६५ जना जनप्रतिनिधिको एक महिनाको मासिक तलब अनिबार्य रुपमा जम्मा गरि उक्त कोष खडा गरिएको हो। साथै उक्त कोषमा रकम जम्मा गरि सहयोग पुर्याउन उद्योगी ,ब्यापारी ,शिक्षक ,कर्मचारी लगायत आम नागरिकलाइ सहयोग गर्नको लागि समेत नगरपालिकाले आग्रह गरेको छ।
सहयोगको लागि उक्त कोषको एन आइसी एसिया बैंकको खैरेनी शाखाको खाता नम्बर ०१५ऋब्५०५१२७६६००३ मा रक जम्मा गरि सहयोग गर्न सकिने छ ।
बेलुका ४ बजे देखि ६ बजे सम्म पसल खोलि सामान किनबेचको लागि छुट गरिएको भए पनि अर्को सूचना नआउन्जेल सम्मको लागि त्यो सेवा समेत बन्द गरिएको नगरपालिकाले जानकारी दिएको छ ।अति आवश्यक सेवा भने २४ घण्टा खुल्ला रहने छ।
नगरपालिकाले जारि गरेको नियमको पालना नगरे कडा कारबाही समेत गरिने जानकारी दिएको छ ।
महामारीको रुपमा फैलिएको कोभिड १९ अर्थात् कोरोना भाइरस नेपालमा हाल सम्म ३ जनालाई देखिएकोमा एक जना निको भैसकेका छन् भने दुइ जनाको उपचार भैरहेको छ। विश्व भर यसको संक्रमण बढिरहेको छ भने २० हजारले ज्यान गुमाईसकेका छन् ।
प्रकाशित मिति : बिहिबार, चैत्र १३ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्