कञ्चन –रुपन्देहीको कञ्चन गडाउपालिकाले विश्व महामारीको रुपमा फैलिएको कोभिड १९ को सम्भावित संक्रमण र जोखिम न्यूनिकरण गर्न कञ्चन गाउपालिका वार्ड नं. ४ दियोमा रहेको हिमालय आधारभुत बिधालयमा अस्थाई क्वारेन्टाइन निर्माण गरेको छ। बिश्वभर महामारीको रुपमा फैलिरहेको नोवल कोारेना भारस कोभिड १९ बाट हुन सक्ने सम्भाबित संक्रमण र तयसबाट उत्पन्न हुन सक्ने जोखिलाई न्युनिकरण गर्न कञ्चन गाउपालिकाले २५ शैयाको अस्थाई क्वारेन्टाइन निर्माण गरेको कञ्चन गाउपालिका स्वास्थ्य शाखा संयोजक राम प्रसाद गौतमले जानकारी गराउनु भएको छ । यस अघि नै पटक पटक सूचना प्रकाशन गरेर कञ्चनवासीहरुलाई घर बाहिर ननिस्कन र आफ्नै घरमा सेल्फ क्वारेन्टाइनको रुपमा रहन निर्देशन जारी गरिसकेको छ ।
कञ्चन गाउपालिकामा छिमेकी देश भारतबाट घर आउनेको संख्या बढ्दै गैरहेको र भारतबाट आएका कञ्चनवासीहरुबाटै सम्भाबित कोरोना भाइरसको संक्रमण हुन सक्ने भन्दै उनिहरुलाई आफ्नै घरमा बस्न र घरबाहिर निस्केर आवत जावत तथा घुमफिर नगर्न कञ्चन गाउपालिकाले बिशेष आग्रह गरेको छ । यदी घर सांघुरो र एउटा मात्र कोठा भएको र रुघाखोकी तथा सुक्खा खोकी लागेको ब्यक्तिहरुलाई सुरक्षाकर्मी तथा बिशेष उद्धार टोलीमार्फत रुद्रपुर स्वास्थ्यचौकीमा ल्याई उपचार गराइएको संयोजक गौतमले जानकारी गराउनु भएको छ ।अहिले रुद्रपुर स्वास्थ्यचैकीमा बनाई कोरोनाको लक्षण देखिएका १० जनालाई क्वारेन्टाइन बनाएर राखिएको रुद्रपुर स्वास्थ्य चौकीका इन्चार्ज बिमला पाण्डेले जानकारी दिनु भएको छ ।
कञ्चन गाउपालिकाले नेपाल सरकार, प्रदेश सरकार तथा स्थानिय सरकारको निर्णय तथा आज्ञानुसार सेल्फ क्वारेन्टाइनमा बस्न र यस संक्रमण कालको समयमा विदेशबाट आएका व्यक्तिहरुलाई पुर्ण निगरानीका साथ सेल्फ क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउनको लागि संघ संस्था, क्लव तथा आमा समुहहरुले विशेष आफ्नो सुरक्षाका साथ सहयोग गर्नुहुन अनुरोध गरेको छ। यदि गाउपालिकाको अनुरोधलाई अटेरगरी आफु खुसि गरेमा यस्ता व्यक्तिहरुको जानकारी स्थानीय जनप्रतिनिधिहरुलाई गराउनु हुन समेत अनुरोध छ।
यस संक्रमण कालमा देश पूर्ण रुपमा लकडाउन भएको अवस्थामा कञ्चन गाउँपालिकाभित्र स्वास्थ्य सम्बन्धी कुनै जानकारी तथा सेवा आवस्यक परेमा स्वास्थ्य संयोज राम प्रसाद गौतम ९९८४७०८२३८८०० सुरेन्द्र बास्तोला ९९८४७०४५३४३०० गिताराम रिजाल,गजेडी स्वास्थ्य चौकी ९९८४८७२४३९१०० बिमला पाण्डे रुद्रपुर ९९८६७०३८२१६०० र एम्बुलेन्स रुद्रपुर स्वास्थ्य चौकी कमल घर्ती ९९८०८०८३५६६ र ९८६७०३८२१६०० सम्पर्क गरि सेवा तथा परामर्श लिन कञ्चनवासीलाई अनुोध गरेको छ ।
क्वारेन्टाइन निर्माणमा स्थानिय संघसंस्थाको सहयोग
कञ्चन गाउपालिकाले निर्माण गरेको २५ शैयाको अस्थाई क्वारेन्टाइन निर्माणका लागि कञ्चन गाउपालिकामा क्रियाशिल बिभिन्न संघसंस्थाहरुले सहयोग गरेका छन । उक्त क्वारेन्टाइन निर्माणका लागि कञ्चन गाउपालिका वार्ड नं। ४ मा रहेको सुनगाभा सामुदायिक बिकास केन्द्र,रुद्रपुर सामुदायिक बन उपभोक्ता समूह,रुद्रपुर खानेपानी तथा सरसफाई संस्था,लायन्स क्लव अफ कञ्चन,बुद्धदीप आवासिय माध्यमिक बिधालय,पिपरीचापा महिला सामुदायिक बन उपभोक्ता समूह,कञ्चन जेसिज,इलाका प्रहरी कार्यलय,रुद्रपुर,शसस्त्र प्रहरी बेस क्याम्प,लोण्डिहवा र हिमलय आधारभुत बिधालयले सहयोग गरेका छन ।
प्रकाशित मिति : बिहिबार, चैत्र १३ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्