काठमाडौँ । सरकारले विगत तीनदिन देखि लगाएको देशव्यापी लकडाउन उल्लघंन गर्ने एक सय ४२ जना पक्राउ परेका छन् । कारोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमण फैलन नदिन सरकारले लगाएको लकडाउन उल्लंघन गर्नेहरु आज पक्राउ परेका हुन् ।
लकडाउनको तेस्रो दिन बिहीबार ७ वटै प्रदेशबाट १ सय ४२ जना पक्राउ परेका हुन् । लकडाउनमा बिना अनुमति सवारी चलाउने १ हजार ४ सय १७ चालक पनि कारबाहीमा परेका छन् ।
अनुमति बिनै गुडेका सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार उपत्यकाबाट १ जना पक्राउ र २ सय ५२ सवारी साधन नियन्त्रणमा लिइएको छ। त्यसैगरी १ नम्बर प्रदेशबाट ५२ जना पक्राउ पर्नुका साथै २ सय ७३ वटा सवारी साधन नियन्त्रणमा लिइएको छ ।
प्रदेश २ मा २ सय ८ सवारी र १६ जना मानिसलाई नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार वागमती प्रदेशमा १५ जना मानिस र १ सवारी साधन नियन्त्रणमा लिइएको छ । गण्डकी प्रदेशबाट प्रहरीले २ सय ७२ सवारी र १ जना सर्वसाधारलाई नियन्त्रणमा लिएको छ।
५ नम्बर प्रदेशबाट १५ जना मानिस र २ सय १ सवारी, कर्णाली प्रदेशबाट २२ व्यक्ति र ७२ सवारी र सुदूरपश्चिम प्रदेशबाट २१ जना मानिस र १ सय ७७ वटा सवारी साधान नियन्त्रणमा लिइएको छ । पक्राउ परेका सबैलाई साँझ सचेत गराएर छाडिएको प्रहरीले जनाएको छ । सवारी साधन भने प्रहरी युनिटमै राखिएको छ ।
प्रकाशित मिति : बिहिबार, चैत्र १३ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्