फर्साटिकर ।
रुपन्देहीको शुद्धोधन गाउपालिकाले सञ्चालन गरेको यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा ११ जनालाइ बिहीवारबाट राखिएको छ।
सुनौली नाका हुँदै भारतबाट विभिन्न ठाउबाट आएका ११ जनामध्ये ९ जना झापाका १ जना मोरङ १ जना ताप्लेजुङका पुरुषहरु रहेका छन । १४ दिन सम्म क्वारेन्टाइनमा राखीने ब्यक्तिहरुको चेक जाचका लागि ३५ जना स्वास्थ्यकर्मी आलोपालो गरि खटाइएको छ भने क्वारेन्टाइनमा राखेका सबैको खानपान, सरसफाइ र शुरक्षाको राम्रो प्रबन्ध गरिएको छ।
सुनौली नाका हुँदै आएका उनिहरुलाई रुपन्देहीका प्रमुख जिल्ला अधिकारी मार्फत रुपन्देहीका विभिन्न स्थानिय निकायसङ्ग समन्वय हुँदै शुद्धोधनको क्वारेन्टाइनमा राखीएको गाउपालिका प्रवक्ता राजेन्द्र कडेलले जानकारी दिनुभयो।
प्रकाशित मिति : बिहिबार, चैत्र १३ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्