नवलपरासी-पश्चिम नवलपरासीमा प्रहरीले ठूलो मात्रामा लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ ।
पश्चिम नवलपरासीको सरावल गाउँपालिका ४ ललितपुर स्थित भित्री सडक खण्डमा प्रहरी चौकी गोवरहियाको टोलीले लागु औषध सहित बर्दघाट नगरपालिका १३ भटौलिया बस्ने ५९ बर्षका सुरेन्द्र चमारलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले चमारको साथबाट स्पास्मो ५७६ ट्याब्लेट, नाइट्रोभेट टेन ६ सय ट्याब्लेट र ओनरेक्सन १ सय एमएलको ७० बोटल लागु औषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नावय उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।
प्रकाशित मिति : बिहिबार, चैत्र १३ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्